Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो-कोहीलाई पनि लोभ्याउँछ । केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो । अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो…

Read More

काठमाडौं : बलिउड गायिका शिल्पा राव नेपाल आउने भएकी छन्। सोल्टी होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भदौ ८ गते काठमाडौं आउने भएकी हुन्। गायिका रावलाई रोअर ईन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। उक्त कार्यक्रममा सहभागी हुन माईपेमार्फत् टिकट काट्न सकिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्नेछिन्। कार्यक्रम संयोजक मोहित बस्नेतका अनुसार उक्त कार्यक्रममा माई पेलाई टिकेटिङ पार्टनर बनाइएको छ। कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन्। गायिका रावले खुदा जाने, बुल्लेया, घुन्ग्रुजस्ता हिट गीत गाएकी छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसिहत दुई युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र विवेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई ५११ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका–१० सडकघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरु सवार सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरिएको बताए । प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।” महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा…

Read More

महेन्द्रनगर: बयालिस परिवारको बसाइँ रहेको कुतियाकवर कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।“पुरानो र सानो सङ्ख्यामा हामी दशकौ‌देखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत…

Read More

काठमाडौँ: सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ । नेपाल आयल निगमले हिजो मङ्गलवार…

Read More

काठमाडौँ: भरतपुर महानगरपालिका–९ को टिकोली जङ्गलमा ८ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् । ८ वटा गाडीहरु ठोकिँदा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडी जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाट जाँदै गरेको जीपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सबै सवारी…

Read More

कैलाली: कैलालीको अत्तरियास्थित स्प्रुजु कम्पनीको पानीको बोतलभित्र लेउ भेटिएको छ । अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि.बि नास्ता पसलमा बिक्रीका लागि राखिएको सो कम्पनीको सिल प्याक पानीको बोतलभित्र लेउ भेटिएको हो । अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेम भण्डारीले म्याद कायम रहेको उक्त कम्पनीका दुई ओटा सिल प्याक पानीका बोतलमा लेउ भेटिएको बताए । होटल सञ्चालक धनबहादुर साउँदले पानीमा लेउ भेटिएको विषयमा कम्पनीका मानिसलाई जानकारी गराउँदा पनि मतलब नगरिएको बताए । धनगढीमा दुई वर्ष अगाडि पनि सोही कम्पनीको पानीको बोतलमा किरा भेटिएको थियो ।

Read More

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ । खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ । “बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उनले भने, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उनी सुनाउँछन् । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर…

Read More

धनगढी: नेकपा एमालेका कैलाली जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले अहिले खहरे खोलाजस्ता पार्टी आइरहेको बताएका छन्। उनले एमालेको धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै यस्तो बताएका हुन्। कैलालीमा नागरिक उन्मुक्ति भन्ने पार्टी पनि खहरे खोलाजस्तै भएको उनको दाबी छ। एमालेले यस्ता खहरे खोलालाई परास्त गर्ने उनको भनाइ छ।

Read More