Author: महेन्द्रनगर पोष्ट

अछामः अछामबाट गाँजा र खुकुरीसहित पाँच किशोर प्रकाउ परेका छन्। प्रहरीका अनुसार प्रकाउ परेका पाँचै जना १२ देखि १५ वर्षसम्मका रहेका छन्। उनीहरुलाई बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको साथबाट केही मात्रामा गाँजा फेला परेको र त्यो मुद्दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: धनगढीको सेती प्रादेशिक अस्पतालले १३ जना कर्मचारी माग गरेको छ । अस्पतालले करार सेवामा ७ जना विशेषज्ञ चिकित्सकसहित १३ जना कर्मचारी माग गरेको हो । विभिन्न विधाका विशेषज्ञ चिकित्सक ७ जना, डेन्टल सर्जन १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र मेडिकल अधिकृत ५ जनाका लागि करार सेवामा विज्ञापन खोलेको छ । ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

Read More

काठमाडौँ: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट सुदूरपश्चिमका पाँच महिलाको उद्धार गरिएको छ । कामको बहानामा भारत लैजाँदै गरेका १६ देखि ३० वर्ष उमेर समूहका पाँच महिलाको उद्धार गरिएको हो । झापामा काम लगाइदिने बहानामा सीमाना कटाउन लागेको अवस्थामा प्रहरी र माइती नेपालसहितको निगरानी टोलीले उनीहरुको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए । उद्धार गरिएकामध्ये कञ्चनपुरका दुई, दार्चुला, बैतडी र अछामका एकएक जना महिला रहेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए। उनका अनुसार महिलालाई यौन धन्दाका लागि र पुरुषलाई शरीरका विभिन्न अङ्ग बिक्रीका लागि पशुपतिनगर नाका हुँदै भारत लैजाने गरिएको छ । त्यस्तै, प्रहरीले…

Read More

चीन: उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन् । यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए । हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा…

Read More

काठमाडौँ: नेपाल प्रहरीमा सञ्चारतर्फ विभिन्न पदका पाँच सय ९० जना कर्मचारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी असोज १ गतेदेखि लागु हुने गरी पाँच सय ९० जना कर्मचारीको सरुवा गरेको हो । जसमा ५३ जना नायब निरीक्षक (सई), सहायक निरीक्षक (असई) तर्फ एक सय २२, वरिष्ठ हवल्दार ७४, हवल्दार दुई सय ५२ जना र सहायक हवल्दार ८९ जना सरुवा भएका छन् ।

Read More

धनगढीः सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट काम गरेका कर्मचारीलाई निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गरेको हो। पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतकी कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोवादरीका मेकानिक प्रेम सिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी रहेका छन्। यस्तै, आन्तरिक राजश्व कार्यालय कैलालीका टा.ना.सु वासुदेव जोशी, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका ना.सु. टिकेन्द्र प्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका ना.सु.खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा…

Read More

काठमाडौँ: आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ…

Read More

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् । बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताइन् । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उनले भने, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले बताए । उनका अनुसार बादल…

Read More

धनगढी: धनगढीमा डेङ्गु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। हिजो (बिहीबार) धनगढीको एक अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बस्ने लक्ष्मी सेरलाको मृत्यु भएको हो। उनको डेङ्गुका कारण मृत्यु भएको बताइएको छ। केही दिनअघि उनलाई महाकाली अस्पताल महेन्द्रनगरमा डेङ्गुको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरिएको महाकाली अस्पताल स्रोतले जनाएको छ। रेफरपछि उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा उनको मृत्यु भएको हो। उनी भीमदत्त नगरपालिका-७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ७ मा अध्ययनरत थिइन्। उनको मृत्युमा आज विद्यालयले बिदा दिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक वरिष्ठ हवल्दार लालबहादुर चन्दलाई पुरस्कृत गरिएको छ। उनले तोकिएको जिम्मेवारी पूर्ण इमान्दारी एवं कर्तव्यनिष्ठताका साथ अनुकरणीय तवरले पूरा गरेको भन्दै पुरस्कृत गरिएको हो। उनको कार्य सम्पादनको प्रशंसा गर्दै कदर स्वरुप एक हजार नगदसहित पुरस्कृत गरिएको जनाइएको छ। कैलाली प्रहरीका प्रमुख एसपी देवेन्द्र पालले उनलाई पुरस्कृत गरेका हुन्।

Read More