Author: महेन्द्रनगर पोष्ट

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ। निवर्तमान हाकिम रामबहादुर लिम्बू कुरुम्बाङको सरुवा भएको हो। अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले रामबहादुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास सरुवा भएको र उनको ठाउँमा अर्का हाकिम हाजिर भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार अख्तियार सुदूरपश्चिमको नयाँ हाकिमको रुपमा अहिले सहसचिव अस्मान तामाङ आएका छन्। यसअघि श्रम, यातायात तथा रोजगार मन्त्रालयमा कार्यरत रहेका तामाङले केही दिनअघी नै प्रमुखको कार्यभार सम्हालिसकेका छन्। लामोसमय गृह प्रशासनमा रहेर काम गरेका उनी अनुभवी र अनुसन्धानमा अब्बल मानिन्छन्।

Read More

डडेल्धुराः लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डडेल्धुरामा एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडा चोकस्थित ‘हाम्रो माछा पसल’का सञ्चालक २५ वर्षीय विरेन्द्र बोगटी(मछ्छी भाइ) लाई प्रहरीले पक्राउ गरिएको हो। बोगटी लागुऔषध खैरो हिरोइन ओसारपसारमा संलग्न रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९. ९० ग्रामसहित गत असार ९ गते बझाङ तलकोट गाउँपालिका–१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ बस्ने राजकुमार रोकायालाई पक्राउ गरेको थियो। डीएसपी भट्टका अनुसार प्रहरी अनुसन्धानमा उनीहरू सँगै बोगटीको पनि लागुऔषध…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार आज नै विस्तार गर्ने तयारी भइरहेको छ। आज नै २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन्। नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले सिफारिस गरेको छ। कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ। बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको दावी गरेका छन्। २०८० साउन १७ गते बुधबार समाजिक सञ्जालमार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए। ‘यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन् । चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के’।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना…

Read More

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । यसअघि सो बैठक लाइभ गर्ने भनेको माओवादीको बुधबार बिहान बसेको केन्द्रीय सचिवालय र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो ।  बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए ।

Read More

टक्सार : भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधार गृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी…

Read More

धनगढी: प्रायः घरायसी काम, खेतीपाती र सिमावर्ती भारतीय बजारमा मजदुरीमा व्यस्त रहने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-१० कुतियाकवरका स्थानीय मंगलबार गाउँमै जम्मा भएका थिए। जोगबुढा नदीमा रहेको झोलुंगे पुल तर्दै लस्करै उच्चस्तरीय सैनिक टोली जोगबुढा र महाकाली नदीको दोसाथको बस्ती कुतियाकवर पुगेपछि स्थानीयले ०२२ सालदेखि सीमा रक्षक भएर विकट बस्तीमा भोग्नुपरेको समस्या सुनाए। बाढी र डुबानबाट ग्रसित हुने कुतियाकवरको स्थलगत अवस्था र प्रभावित क्षेत्रको अनुगमनका क्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, पृतनाका सहायक रथी सुरज रावल र श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापालगायत सैनिक अधिकृतको टोली त्यहाँ पुगेको थियो। बस्तीमा बाढीबाट बच्न निर्माण हुन…

Read More

धनगढी: हिजो कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो। होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो। प्रहरीकाअनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौका वडाध्यक्ष रहेको खुलेको छ। यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ७ सय मिलिग्राम लागुऔषधसहित धनगढी–८ का २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुकोसाथबाट लागुऔषध फेला पारी मंगलवार पक्राउ गरेको जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड सब्जीमण्डीबाट सोही ठाँउका २३ वर्षीय तेज साँउदलाई मंगलवार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४ सय मिलिग्राम लागुऔषधसहित फेला पारी साँउदलाइ पक्राउ गरेको बतएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: ५० जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरिएको छ।  सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।  हेर्नुहोस् सूची:

Read More