काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको दावी गरेका छन्।
२०८० साउन १७ गते बुधबार समाजिक सञ्जालमार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए।
‘यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन् । चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के’।’
सामाजिक सञ्जालमा उनले भनेका छन् ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिंदैछु।’
उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दावी गरेका छन्।