Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा औषधी व्यवस्था विभागले प्रचलित ऐनअनुसार सञ्चालनमा ल्याइएका पाँच वटा क्लिनिकमा ताला लगाएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रमा शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरेर सञ्चालन गरिएका दुई वटा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ। एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गरिएको छ। औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दिपेन्द्रकुमार शाहले दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरिएको जानकारी दिए। शाहले खुद्रा औषधी पसलमा बिक्रि वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता…

Read More

धनगढी: धनगढीको नन्दिनाज एकेडेमीमा अध्ययनरत विद्यार्थी चकबल प्रतियोगितामा भाग लिन ताइवान जाने भएका छन्। भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्षमुनिको १२ जना खेलाडीको टोली ताइवान जाने भएको हो। नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन्। चकबल च्याम्पियनसिपमा भाग लिन रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बाइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्ट छनोट भएका छन् । तीन दिनसम्न हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा…

Read More

चितवन : बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो । सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिए…

Read More

धनगढी: नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्। आज (शनिबार) धनगढीमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा रेग्मी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा विजय साउद र हेमा शाही, सचिवमा राकेश सिंह, उप-सचिवमा तारा केशरी र विष्णु पाण्डे र कोषाध्यक्षमा गोपाल पाठकसहित ४७ सदस्यीय कमिटी चयन गरिएको हो।

Read More

धनगढी : नेकपा एमालेको जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले जनवर्गीय संगठनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार धनगढीमा अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटि सदस्य समेत रहेका ढकालले युवाहरुलाई लक्षित गरेर कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान आवश्यक भएको बताएका हुन् । पार्टीले २०८४ सालमा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने उद्देश्यसहित मिसन ग्रोसरुट जस्ता अभियान सञ्चालन गरेको बताउँदै ढकालले जनवर्गीय संगठनले समेत पार्टीको नीतिलाई टेवा पुग्ने खालका कार्यक्रम ल्याउनुुपर्ने धारणा राखे । २०७९ को निर्वाचनमा एमालेले युवा पुस्ताको मत अपेक्षाकृत रुपमा पाउन नसकेको बताएका ढकालले अगामी निर्वाचनमा युवा पुस्ता नै निर्णायक हुने…

Read More

धनगढी: कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज (शनिबार) जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो। कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ। एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाई छ। संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको बुढीतोलामा भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलामा वर्षा भएपछि सडक फेरि अवरुद्ध भएको हो। शनिवार बाट खाली ट्रक र टिप्पर गन्तव्यतिर पठाइएको थियो। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपनि वर्षाका कारण यातायात सञ्चालन गर्न सकिएको छैन। गत सोमवार राति राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ।

Read More

काठमाडौँ : अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

Read More

बझाङ : बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ । उनी शुक्रबार वेलुका मौरीबगरबाट नुहाउने क्रममा बगेर बेपत्ता भएका करिब ३१ वर्षीय प्रकाश बम रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान देउरा तर्फबाट स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव प्रहरीले उद्दार गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

Read More

बैतडी : बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । पहिला पहिला आत्महत्याका एकाध घटना हुने भएपनि पछिल्ला केही बर्षयता आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेका प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २५ दिनमा ५ जनाले आत्महत्या गरिसकेका छन् । यो महिनामात्रै ३ महिला र २ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । यस्तै आर्थिक बर्ष…

Read More