Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्ध कसको लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली देश विकासको मार्ग चित्र विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्ध कसको विरुद्ध लडिएको थियो भन्ने प्रश्न पनि गरेका छन् । उनले भने ‘ माओवादी हिंसा द्वन्द्व युद्ध जनयुद्ध लडिएका कसको लागि थियो ? कसको विरुद्ध ? पिरोलिएको थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता ,मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए । ’ अध्यक्ष ओलीले माओवादी सशस्त्र…

Read More

कर्णाली: कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा बेदुराम भुसाललाई लागो हस्तान्तरण गरेका हुन् । उक्त लोगो ग्रहण गर्दै मन्त्री डा।भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । “कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल मकवानपुरका एसपी अनिल कार्कीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न रहेको भन्दै छानबिन थालिएको छ । उनीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई पठाएका छन् । कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । प्राप्त समाचारअनुसार कार्कीले तस्करहरुको प्रस्तावबमोजिम बेरोकतोक सामान बोकेका सवारी साधन छाडिदिने वचन दिएका थिए । त्यसको निम्ति १० लाखको डिल भए पनि पाँच लाख ५० हजारमा कुरो मिलाइएको आरोप थियो । त्यही कुरो मिलेको साढे पाँच लाख रुपैयाँ कार्कीले…

Read More

काठमाडौँ: हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए । इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालकको ज्यान गएको हो । त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि ज्यान गएको बताइएको छ ।

Read More

धनगढी: धनगढीमा शनिबार (बिदा) को दिन पनि सरकारी सवारीसाधन चलाउनेहरुलाई अनेरास्ववियुले नियन्त्रणमा लिइरहेको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले आज दिनभर धनगढीमा बिदाको दिन पनि सवारी चलाएर दुरुपयोग गर्नेहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बिदाको दिन पनि सरकारी सवारीसाधन चलाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई लिइएको बताए। जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएर पहिलोपटकका लागि सम्झाईबुझाई छाडिएको उनले बताए। सुशासन कायम गराउन अनेरास्ववियुले यस्तो गरिरहेको जनाएको छ। उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको जनाएको छ।

Read More

मनहरी: मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरोसँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए । “बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो”, उनले भने, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्याइएको थियो ।” नेपालीसँगै प्रहरी…

Read More

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास समेत व्यक्त गरे । उनले भने, “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।” नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग…

Read More

कैलाली: कैलालीको बुढीतोलामा अवरुद्ध भएको भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । नयाँ ट्रयाक हिलाम्य भएकाले खाली गाडीहरु ट्रक, टिप्पर मात्रै आवतजावत गरिरहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । वर्षा नभए साँझसम्म सडक सञ्चालनमा आउने बताइएको छ । गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएपछि ५ दिनदेखि यातायात अवरुद्ध छ भने सुदूर पहाडका सात जिल्लाको सडक सम्पर्क टुटेको छ ।

Read More

एजेन्सी: भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई मोटरसाइकलमा आएका तीन…

Read More

धनगढीः कैलालीमा चित्तलको बच्चा फेला परेको छ । गोदावरी नगरपालिका–४ शिवनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जंगलबाट अन्दाजी ६ महिनाको चित्तलको बच्चा लखेटेर ल्याएको थियो । प्रहरीलाई सो बारे खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले चित्तलको बच्चाको उद्वार गरेको छ । चित्तलको बच्चा सब डिभिजन वन कार्यालय अत्तरियालाई बुझाइने बताइएको छ ।

Read More