Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’ त्यसपछिका वृत्तिविकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’ सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःख सुख…

Read More

धनगढी : नेपाल सितोरियो कराते संघ कैलालीको अध्यक्षमा ललित खत्री चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न अधिवेशनबाट खत्रीको अध्यक्षतामा २१ कार्यसमिति सदस्य चयन गरिएको हो । संघको उपाध्यक्षमा बालकुमार महतो, आशाराम चौधरी, अशोक शाह, डब्बर साउँद, सचिव बर्श साउँद, सह–सचिव राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा राजेन्द्र चौधरी, लोकेश पार्की, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक तथा हरेन्द्र नाथ चयन भएका हुन् । सदस्यमै रकुसिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देबी चौधरी र पुष्कर गुरुङ चयन भएका छन् । साथै संघले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि पहल शाही, उमा महतो, अमितप्रताव सिंह त्रैलोक्यनाथ पाण्डे…

Read More

धागढी: नेकपा समाजवादीनिकट अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार दिउँसो समाजवादीनिकट अनेरास्ववियूका नेताहरूले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन्। परीक्षा नियन्त्रक देवसिंह नाथले सीधै १२–१५ जना समाजवादीका नेता –कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन तोडेको भन्दै छापामार शैलीमा तोडफोड गरेको बताए। सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराजसहित तोडफोड गरेको उनले बताए। समाजवादीनिकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए। अनेरास्ववियूले कार्यकक्ष तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ। अनेरास्ववियू कञ्चनपुरले भने उक्त…

Read More

काठमाडौं : आइतबार अपराह्नदेखि बेपत्ता नन्द बक्स गुल्म, डोल्पाका मेजर विमल पण्डित हराएका झण्डै एकसाता भइसक्दा कुनै अत्तोपत्तो छैन। सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला पर्न सकेका छैनन्। उनको अवस्था अज्ञात छ। सेनाले मेजर पण्डितको चारै तर्फबाट खोजीकार्य तीव्र पारेको छ। डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लाबाट सम्भावित ठाउँमा खोजी भएको छ । आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एक पसलेसँग पैसा लिएर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो। मेजर पण्डितले आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका थिए। त्रिपुरा सेनाको ब्यारेकबाट झन्डै एक घण्टाको दूरीमा पर्दछ। पण्डित आइतबार अपराह्न साढे ४ बजे…

Read More

धनगढीः धनगढीमा नेपाल प्रहरीका एक पूर्व सई (प्रहरी नायब निरीक्षक) को निधन भएको छ। बझाङको थलारा पुर्ख्यौली घर भएर हाल धनगढी उपमहानगरपालिका (जाइ) बस्दै आएका सेवा निवृत्त सई मीनबहादुर सिंहको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी सुगरको बिरामी थिए।

Read More

काठमाडौंः बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ। निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ। निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट पिकअप लिएको बताइन्। अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफुहरु दर्शक प्रतिक्रिया लिन हल पुगेका थिए। हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन् आउनु होला भनेकाले आफुहरु उत्साहीत भएर दर्शक प्रतिक्रिया लिन पुगेको बताए। निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन्। हामीलाई सिनेमा…

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै चोरी भएको करिब ९ किलो तस्करीको सुन दाओजिन वाङकै हातमा पुगेको बताइएको छ। प्रहरी स्रोतका अनुसार भन्सार कार्यालयका कर्मचारी र विचौलियामार्फत गायब गरिएको नौ किलोमध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको हो। सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। वाङ भने नेपालबाट चीनतर्फ भागेका छन्। गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरी हुँदा पनि वाङकै हातमा पुगेको त्यसमध्ये करिब २ किलो वाङले राखेको बाँकी ६ किलो सिन्धुपाल्चोकका दुई व्यक्तिलाई बेच्न…

Read More

-आभुषण तिम्सिनाअहिले बजार तातिएको छ। मुलुकमा लामै समयदेखि हालिमुहालि चलाउँदै आएका बैध अबैध शक्तिकेन्द्रका मतियारहरुको बीचमा हल्लिखल्लि मच्चिएको छ। राज्यशक्ति, राजनैतिक र प्रशासनिक अधिकार अनि अख्तियारको दुरुपयोग गरेर राज्यका विभिन्न क्षेत्रमा बितण्डा मच्चाउँदै आएका कुतत्वहरु सुरक्षा कबचको खोजीमा दौडधुप गरिरहेछन्। राज्य संयन्त्रका स्थायी सरकार मानिने निजामति सेवाका उपल्ला पदमा पुगेर अवकास प्राप्त गरिसकेकाहरु केही फौजदारी प्रकृतिका चर्चित मुद्दाहरुका कारण कोकोहोलो गर्दैछन्। फौजदारी अपराधको अनुसन्धान गर्ने संवैधानिक अनि कानूनी उत्तरदायित्व बोकेको नेपाल प्रहरीका अनुसन्धान केन्द्रित कृयाकलापहरु समेत आज आम नागरिकले सुक्ष्म अवलोकन गरिरहेका छन्। राज्य संयन्त्रको दुरुपयोग गरेर राज्य सञ्चालकले गरेका दुश्कार्यलाई कानूनी उन्मुक्ति दिने कार्य पञ्चायत जस्तो सामन्ति व्यवस्थामा, राणा…

Read More

धनगढीः कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका– ४ बलिया बजारमा ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्कीचुहा नगरपालिका६ चैनपुरका २० वर्षीय निर्मल कटेल गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइते कटेललाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ । बस र चालक भजनी नगरपालिका७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी: धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन् । धनगढीको भाटभटेनी सुपर मार्केट अगाडि भएको दुर्घटनामा साइकलयात्री धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका १८ वर्षीय गणेशराज ओझा घाइते भएका हुन् । उनले रोड क्रस गर्ने क्रममा शिव गुुप्ताले चलाएको लु९४प ८७३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको धनगढीमा उपचार भइरहेको अवस्था समान्य रहेको बताइएको छ ।

Read More