Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गलत गरेको बताएका छन् । प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले राजीनामा माग गर्नु गलत भएको बताए । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली गएको भन्ने भभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको…

Read More

काठमाडौँ : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन्। दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो । पार्टी निकट कानुनी व्यवसायीहरूको सङ्गठन ‘समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको तर्क समेत गरे। उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। सोही ठाउँका १९ वर्षिय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ। घटनाको थत अनुसन्धान जारी रहेको छ।

Read More

काठमाडौँ : राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा लालपुर्जा वितरण गरिएको हो । पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी लालपुर्जा वितरण गर्ने तयारी थालिएको बताए । शान्तिपुरमा विसं २०२४ देखि मानव बस्तीको विकास भएको थियो । ‘कृष्णपुर नगरपालिकाबाट अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सुरु गरिएको छ’, आयोगका अध्यक्ष ढुङ्गानाले भने, ‘बेदकोट, दोधारा चाँदनी र बेलौरीमा पुर्जा वितरणको तयारी भइरहेकाले क्रमशः सबैलाई वितरण गरिने छ…

Read More

कैलाली : कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यति बेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । हमाल भन्छन्, “त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए । अहिले धेरै किसान यसमा लागेका छन् ।” हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे। केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित…

Read More

धनगढी: अस्ति बुधबार रास्वपाका सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछाने धनगढी हुँदै बाजुरा हानिए। उनी केही थान आफ्ना कार्यकर्ता र श्रीमतीसहित बाजुरातिर लागेका थिए। त्यहाँ उनले आफ्नी पत्नीले बाजुराबाट सुभारम्भ गरेको नारी टिभीको प्रशारणलाई सघाउन गएको बताइएको थियो। सोही क्रममा रवि बाजुराको बुढिगंगा नगरपालिकामा पुगेका थिए। रोचक प्रसङ्ग त के भने उनी जहाँ गएपनि, जे काम गरेपनि चर्चा चाहान्छन्। एक हदसम्म त्यो मानवीय स्वाभाव र स्वभाविक नै हो। तर बाजुरामा भने उनको बढ्दो महत्वाकांक्षाले फसाद निम्त्याएको छ। प्रायः रविले साथमा उनका निकटस्थ मानिने ‘कोर टिम’का कार्यकर्ता रास्वपाका केन्द्रीय सदस्य समेत रहेका डडेल्धुरी दिपक बोहरा साथमै लग्छन्। त्यस दिन (बाजुरामा)…

Read More

कैलाली: कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मा पूर्वबाट पश्चिमतर्फ आइरहेको २१ वर्षीय साहिल शाहीले चलाएको नयाँ मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सु.प.प्र.०१–०१०.प २१४२ नम्बरको २७ वर्षीय पुरन जैशीले चलाएको मोटरसाइकल आपसमा ठोक्किका हुन् । दुर्घटनामा दुबै जनालाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको लम्की प्रहरीले जनाएको छ ।

Read More

बैतडी: भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । बाँध खोलेसँगै महाकाली नदीको जलस्तर बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्क रहन आग्रह गरेको हो । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोल्न लागेको धौलीगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, ‘वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधको ढोका…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ । फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार बेइजिङ फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले…

Read More

काठमाडौँ: मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै, पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।…

Read More