Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा लागुऔषधसहित प्रहरीले धनगढीबाट एक युवकलाई पक्राउ गरेको छ। सोमबार साँझ शङ्काको आधारमा चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट कैलालीकै टीकापुर नगरपालिका–१ का २० वर्षीय रोमन चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोमनको साथबाट ३ ट्याब्लेट नाईट्राभेट र २४ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रोमनमाथि अनुसन्धान भइरहेको बताइएको छ।

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा आइतबार दिँउसो फेला परेको बेवारिसे सुन राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ। सुनबार कुनै वैधानिक प्रमाण नभेटिएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  आइतबार दिउँसो काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०३ नम्बरको बसबाट छाडिएको सामानको पोकामा ८३ ग्राम ५२० मिलिग्राम सुन फेला परेको थियो म। बिना बिलको सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनको टोलीले सुन नियन्त्रणमा लिएको थियो म।  बिना बिल संकास्पद अवस्थामा बसबाट प्रहरी चौकीको पोष्टमा छोडिएको सुनको कुनै वैधानिक प्रमाण नभेटिएको प्रहरीले स्पष्ट पारेको छ।

Read More

पदम जोरा, डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका- ३ का दुर्गम बस्तीमा विद्युतीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान अन्तरगत दुरदराजका बस्तीमा विद्युतीकरण भइरहेको वितरण केन्द्र प्रमुख रमेश अवस्थीले जनाए।विगतदेखि नै पोल गाड्ने र तार खिच्ने जिम्मा पाएका ठेकेदार बेपत्ता हुँदा विद्युत बिस्तारमा समस्या सृजना भएको उनको भनाई छ। २०७८ मा नै काम सक्नुपर्ने भए पनि आर्थिक मन्दीको बहानामा ठेकेदार र निर्माण कम्पनीले ढिलो गरेको उनले स्वीकारे। परशुरामका धेरै दुर्गम बस्तीमा अझै बिजुली नपुग्दा अन्धकारमय छन्। परशुराम १, २, ३, ८ र ११ का पहाडी क्षेत्रहरुमा ढुवानी समस्याका कारण विद्युत बिस्तार हुन सकिरहेको छैन। गाउँमा विद्युत बिस्तार…

Read More

काठमाडौं: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ। सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन्। कार्यसमितिमा ७१० जना मनोनीत भएका छन्।

Read More

डडेल्धुरा: हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो। पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’ यात्रु ललित जोशीले भने। उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।

Read More

काठमाडौं: अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो। बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ। पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ।

Read More

कैलाली: देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ। हाल कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ। दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छम सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो। सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ। सूची हेर्न तलको लिंक क्लिक गर्नुस् https://drive.google.com/file/d/11WFODCcRl9Cpf84fM6UbR4peRTxq07Wg/view?usp=drivesdk

Read More

डडेल्धुराः अमरगढी नगरपालिका र मालम गाउँबासीबीच दुई बुँदे सहमति भएको छ। आफ्नो घरजाने सडक छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले आन्दोलित बनेका थिए। फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच सोमबार बेलुका सहमति भएको हो। फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन पर्ने सहमति बनेको छ। यस्तै, हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र आजकै मितिले तीन महिनाभित्र नगरपालिकाले थालनी गरी वैकल्पिक व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति…

Read More