कैलाली: कैलालीको कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा पानि पसि दुई सय ५० घरपरिवार बिस्थापित भएको बताए। डुबान भएका बस्तीका घरधुरी अहिले विद्यालयमा बसीरहेको उनको भनाई छ।
पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्टमा शून्य दशमलब २ मिलिलिटर वर्षा भएको छ भने टीकापुरमा एक सय सात मिलिलिटर वर्षा भएको छ।
Facebook Comments Box