Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृतले सेवाग्राहीसँग कमिसन मागेको आरोप लागेको छ। नगरपालिकाको कृषि शाखाका अधिकृत गोकुल भट्टले कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेको हो। नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण भेटिएको जनाएको छ। भट्टले समूहहरूलाई रातिको समय फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेको कृषकहरूले बताएका छन्। उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका हुन्। तर,…

Read More

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सुरु गरेको छ । शुक्रबार सुर्नया गाउँपालिकाको वडा नं ४को सनशेरीमाण्डौंदेखि वडा नं ६ को रीगासम्म सडक छेउछाउमा सरसफाइ गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष प्रतापसिंह महरा, वडा नं ५ का अध्यक्ष केशव बिष्ट, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी लगायत पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयहरुको समेत सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो । पालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुलाई सरसफाईयुक्त बनाउनका लागि अभियान शुरु भएको…

Read More

काठमाडौँ: नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा९सई०ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो। प्रशिक्षक थापाले कमल पोखरीस्थित एक रेस्टुरेन्टमा खुसी साट्न भन्दै पार्टी दिएका थिए। पार्टीमा मादक पदार्थ सेवनपछि झगडा परेको बताइएको छ। कुटपिटमा उत्रिएका थापालाई प्रहरीले निलम्बन गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईले जानकारी दिए। ‘कुटपिटमा संलग्न भएको पाइएपछि सईलाई निलम्बन गरी छानबिन…

Read More

काठमाडौँ: धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् । उनी दुवै जना अहिले इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा छन् । नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल र गृहमन्त्रालयबीच आर्थिक वर्ष २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच उक्त कार्य सम्पादन सम्झौतामा गृह सचिव दिनेश भट्टराई र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सम्झौता भएको हो । उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उनले उल्लेख गरे । सम्झौतामा उल्लेख भएका…

Read More

काठमाडौँ : सरकारले यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रूपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ । त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज…

Read More

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट गरेका छन् । उनले आफूविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् । स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ । जोशीले बुधवार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए । उनले हिजो १८ गते कार्कीले गालीगलौज गर्दै बीच बजारमा चरित्र हत्या गर्नेगरी कुटपिट गरेको बताए । आइटी अफिसरलाई कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको उनले बताए । हातपात गर्ने सूचना अधिकृत कार्कीले भने…

Read More

एजेन्सी: चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको र वेन्हेङमाथि संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोप लागेको छ । पक्राउ परेका दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा भिन्दै थिए भन्ने चाहिँ खुलेको छैन । दुवै जनालाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो । वेई सान डिएगोमा रहेको जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा…

Read More

धनगढी: धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-१२ का गोविन्द भट्टराई र कञ्चनपुरको वेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन् । उनीहरुलाई धनगढीको बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाइएको छ । शुक्रवार पूर्व खानेपानीमन्त्री विना मगरसहित बेलौरी उद्योग वाणिज्य संघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । बेलौरीवासीले लामो समयदेखि बन्द अवस्थामा रहेको छोटी भन्सार सञ्चालनको माग गर्दै आएका छन् ।

Read More