धनगढीः बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदमसिंह धामीको दिल्लीमा मृत्यु भएको हो। उनी रोजगारीको शिलशिलामा भारतको दिल्लीमा बस्थे। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्। मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन्। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिमसरकारको विपत् प्रतिकार्य योजना लागु भएको छ। विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरेर प्रदेश सरकारले लागु गरेको हो। योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ। यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ। कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने मन्त्रालयले बताएको छ। …
धनगढी: नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा गायक तथा सर्जक विनोद बाजुरेली निर्वाचित भएका छन्। धनगढीमा हिजो सम्पन्न प्रथम प्रदेश अधिवेशन मार्फत बाजुरेलीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो। जसको उपाध्यक्षमा अमर छन्तेल र लक्ष्मी नाथ चयन भएका छन्। सचिवमा दीर्घराज फुलरा, सह सचिवमा नवीन बम र कोषाध्यक्ष रोजी धानुक सर्वसम्मत भएका हुन्। प्रदेश अध्यक्ष बाजुरेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेम थान अधिकारी प्रमुख अतिथि रहेका थिए। एमाले प्रदेश सचिवालय सदस्य तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, पार्टी कार्यवाहक दुर्गा जोशी निर्वाचन विभाग सदस्य रणबहादुर चन्द विशिष्ट…
धनगढी: धनगढीमा फेसबुकबाट युवतीलाई मायाजालमा पारेर बेचबिखन गर्न खोज्ने एक युवक अस्ति समातिए। युवतीलाई बेचविखन गर्ने उद्देश्यले भारत लगिरहेको अवस्थामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का पदमबहादुर देउवा समातिएका थिए। तर पक्राउ परेका देउवा केही समयमै धरौटीमा छुटेका छन्। गत जेठमा धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने एक युवतीलाई मायामा पारेर गौरीफन्टा नाका हुँदै भारत लगिरहेको अवस्थामा उनी समातिएका थिए। समातिएपछि उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चल्यो तर उनी जिल्ला अदालतको आदेशपछि ५० हजार धरौटी बुझाएर छुटे। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालकाअनुसार देउवाविरुद्ध ९ जेठमा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको थियो भने जिल्ला अदालतले ३१ जेठमा ५० हजार धरौटीमा छाड्ने आदेश…
धनगढीः निजि स्कुलहरुको साझा संस्था एन।प्याबसन घोडाघोडीको दोश्रो नगर अधिबेशनबाट नयाँ नगर कमिटी चयन भएको छ। न्यु स्टार बोर्डिङ स्कुल सुखडका सञ्चालक परशुराम भण्डारीको अध्यक्षतामा सात सदस्यीय नयाँ नगर कमिटी चयन गरिएको हो । यस्तै सचिवमा निर्मल न्युरे कोषाध्यक्षमा सीता चौधरी सदस्यमा छिरिङ शेर्पा, घुम्मन कठरिया, धर्मेन्द्र हमाल र देवराज चौधरी चयन भएका छन्। घोडाघोडी नगरपालिका भरिका सम्पुर्ण निजि स्कुलहरुका अध्यक्ष के पि भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मी बिशिस्ठ अतिथि रहेका थिए। निजि स्कुलहरुका साझा सम्स्या समाधानका लागि आफु सदबै लागिपर्ने अध्यक्ष परशुराम भण्डारीले बताए।
सिन्धुपाल्चोक : जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ । यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् ।…
धनगढी: धनगढीमा अटो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। आज (शनिबार) बेलुका धनगढी उपमहानगरपालिका-५ स्थित रंगशाला नजिकैको बाल्मिकी स्कुलको अगाडि दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्।शिवनगरबाट राष्ट्र बैंकतर्फ आउदै गरेको चालक ४२ वर्षीय मुकेश चौधरीले चलाएको से १ ह ४७५ नम्बरको अटो र विपरीत दिशातर्फ जादै गरेको गोदावरी नगरपालिका ५ गेटा बस्ने ३८ वर्षीय हर्क बोहराले चलाएको सु.प.प्र. ०१-००८ प १५७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा परेर मोटरसाइकल चालकको खुट्टा र हातमा चोट लागेको छ भने पछाडी सवार फुलमाया चौधरीको टाउको, हात र खुट्टामा चोट छ। अटोमा २ जना सवार…
काठमाडौँ : सुदूरपश्चिमका गाउँ-बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् । गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरुले…
धनगढी: धनगढीमा गौहत्याको विरोधमा प्रदर्शन गरिएको छ। गौ माताको रक्षा गरौ भन्ने मुल नाराका साथ विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले विरोध गरेको बताएको छ। विरोध कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगेश जोशीले गौहत्या गर्नु पाप रहेको र त्यस्ता व्यक्तिहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन्। नेपालमा गाई गोरू हत्याको हत्या गर्नेलाई कार्वाही नगरे आन्दोलनले उग्ररुप लिने विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले जनाएको छ। शनिबार विभिन्न हिन्दुवादी धार्मिक संगठन र अभियन्ताहरूले सुनसरीको धरानमा प्रदर्शन गरेका थिए । मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रूपमा गोरु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले देशका विभिन्न ठाउँमा गरेका छन् ।
धनगढी : कैलालीको टिकापुरबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–१ खडक चोक स्थित टीकापुर लम्की सडक खण्डबाट लागुऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वारलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ६ ग्राम ६७० मिलिग्राम लागुऔषध फेला पारेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।