Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो । अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ ।…

Read More

कैलाली : कैलालीमा लागुऔषध (खैरो हिरोईन) सहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको लम्कीचुहा न.पा. वडा नं. ३ चिसापानी बजारमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको महिला सहितको प्रहरी टोलिले सोही ठाउँ बस्ने दीपा बिष्ट (साउँद) लाई पक्राउ गरेको हो । विष्टलाई प्रहरीले संकास्पद तवरले हिडडुल गरीरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भई रहेको र कैलाली जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाएको प्रहरीले जनाएको छ ।

Read More

झापा : झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए। त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी…

Read More

धनगढीः कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैँया जरीवान तोकेको थियो। उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट भन्सार छलि १४ हजार ९२० मुल्यबराबरको सुर्ती, लुगा सिलाउने धागो, बिडी,प्लाष्टिक झिल्ली, गुट्खा लगायतका सामान सोमबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। कारबाहीकालागि सामान भन्सार कार्यालय सत्तिमा पठाइएको छ।

Read More

काठमाडौँ : इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्त्वपूर्ण छलफल हुनेछ। यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड…

Read More

काठमाडौँ : लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशन गृहविरुद्ध पनि नाराबाजी गरेका थिए । नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द समावेश गरिएको क्रान्तिकारीले जनाएको छ ।

Read More

काठमाडौँ : सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ। आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गरेका थिए। सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताएका थिए। उनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए।

Read More

दार्चुलाः दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको सोमवार विधिवत् रूपमा उद्घाटन गरिएको छ । निजी क्षेत्रको लगानीमा निर्माण भएको जलविद्युत् आयोजनाको सफल परीक्षणपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । मार्मा गाउँपालिका–१ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर–२ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो । उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कुल लागत ८ अर्ब ५० करोड रहेको उक्त योजनाको ३० महिनामा निर्माण सम्पन्न भएको हो ।

Read More

बाजुरा: बाजुरामा सुस्त मनस्थितिकी महिलामाथि बलात्कार भएको छ । प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका-३ कि २४ वर्षीया महिलामाथि बलात्कृत भएको हो । पीडित महिला सुस्त मनस्थितिकी, कान नसुन्ने, बोल्न नसक्ने अवस्थाकी रहेको बुझिएको छ । सो पालिकासँग सिमाना जोडिएको हुम्लाको ताजाकोट गाउँपालिकाको मैतानाको भेडिगोठमा लगेर सोही गाउँपालिका-२ का ३७ वर्षीय पुर्णिमल ल्वारले ती महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सइ ओमप्रकाश केसीले बताए । पीडितका आफन्तले ल्वारका नाममा उजुरी दर्ता गराइसकेका उनले बताए । पीडित महिला अहिले नेपाल अष्ट्रिया साझेदारी संस्था सिमिकोट हुम्ला अल्पलकीलान सुरक्षित आवास गृहमा रहेको संयोजक डिचेन डोल्कार लामाले बताइन् ।

Read More