Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। १७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज बिहान पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गराएको बताइएको छ। जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्। यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए। त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका अर्का उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इञ्चार्जको जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेलले मधेस प्रदेशको इञ्चार्ज पाएका छन्। त्यस्तै, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएको बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ बस्ने ३२ वर्षीय गणेश धामी रहेका छन्। आइतबार बिहान पौने ८ बजेतिर उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन बरामद गरिएको छ। धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हिरोइन फेला परेको डीएसपी भट्टले बताए। ‘दुवै जनाबाट लागुऔषध (खैरो हिरोइन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिकसहित ०.८३० ग्राम…

Read More

बैतडी: बैतडीमा सासुले बुहारीलाई हँसियाले हानेर घाइते बनाएकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका-५ हरिचनकी जानकी मडैले आफ्नै बुहारी राधिका मडैलाई हँसियाले प्रहार गरेकी हुन् । शनिवार दिउँसो सासु जानकीले बुहारी राधिकाको टाउको र शरीरका अन्य ठाउँमा हँसियाले हानेर घाउ बनाएकी राधिकाकी भाउजू सरिता बोहरा महराले बताइन् । जानकीले राधिकालाई पटक पटक कुटपिट गर्दै आएकी बताइएको छ । सासुले लगातार कुटपिट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले दुवै पक्षलाई बोलाएर घटनाका विषयमा अनुसन्धान गरिने बताएका छन् । सासु जानकीले हँसियाले हान्न थालेपछि उनी हिजै भागेर माइत पुगेकी थिइन् । पीडित महिलाका…

Read More

काठमाडौँ: भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तयारीमा रहेको महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा देविकालाई नियुक्त गरेको छ । भारत र बङ्लादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गएको सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् । देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्लादेशको सहायक प्रशिक्षक बनेकी थिइन् । मलेसियामा यही अगस्ट ३१ देखि…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्ने जानकारी दिए । आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उले भने, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’ उनले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे । वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी भएको उल्लेख गर्दै उनले त्यो भ्रमणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि…

Read More

एजेन्सी: राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । ‘अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ’, फारुकले भनेका छन् । खोजीमा संलग्न अधिकारीका अनुसार झन्डै ४६ यात्रु बोकेको डुङ्गा राति ८ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोकिएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले धेरैजसो यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।

Read More

काठमाडौँ: सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्राडा भगवान कोइराला, डा।सन्दुक रुइत, डा. भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा. रविमान श्रेष्ठ, प्राडा. किरणप्रसाद श्रेष्ठ, प्राडा. रत्नमणि गजुरेल, प्राडा. सुवास आचार्य, प्राडा. शशि शर्मा, प्राडा. रमेश चाखनी, सह प्राडा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी सदस्य रहेका छन् । नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा…

Read More

बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-२ खालिकाबगड लिस्किटाका २७ वर्षीय तिलकबहादुर चन्द भारतको बेंगलोरमा मृत फेृला परेका हुन् । तिलकको मृत्युको खबर इन्टरपोलबाट प्राप्त भएको उनका आफन्त धीरबहादुर चन्दले बताए । ७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय सिद्धराजुले चक्कु प्रहार गरी तिलकको हत्या गरेको बताइएको छ । उनी गत हप्ता आफू बस्ने कोठामा मृत पाइएका थिए । सिद्धराजुले हत्या स्वीकार गरिसकेका तर हत्याको कारण भने नखुलेको जनाइएको छ । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ । रोजगारीको सिलसिलामा भारत गएका तिलक ११ वर्षदेखि सम्पर्कविहीन थिए ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकै दिन तीन लाख ३० हजार बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। शनिवार कञ्चनपुरको पुनर्वास र कैलालीको धनगढीबाट तीन लाख २० हजार बढीका सामान बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मोहना नदीको किनाराबाट अवैध २ लाखका साडी, धोती, लेडिज सुट, लेहङ्गा लगाएका कपडा बरामद गरिएको छ। प्रहरीले भन्सार छलीका सामान बेवारिसे फेला पारेको बताएको छ। यता कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार नजिकबाट अवैध १५ हजार एक सय ५५ रुपैयाँका श्रृगारका सामान, चिनी, स्याम्फु, बिस्कुट लगाएतका सामान बरामद गरिएको छ। धनगढीको माया मेट्रो अस्पताल नजिकबाट एक लाख…

Read More

काठमाडौं : आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ । यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो । अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

Read More