Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ । यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो । अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

Read More

काठमाडौँ: महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ । डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीकी नेतृ, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेश राजधानी तोक्ने बेला आफूले बार्गेनिङ गर्नुपरेको बताएकी छन्। आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले आफू डोटीबाट प्रतिनिधित्व गर्ने माननीय भएकाले स्वाभाविक रुपमा आफूले राजधानी दिपायलमै राख्न चाहेको बताइन्। उनले भनिन्, -मैले न्यायगत रुपमै पनि त्यो क्षेत्र (दिपायल) का लागि बोल्ने कुरा थियो। दिपायललाई नै प्रदेशको राजधानी तोक्न भूमिका खेले। तर त्यो सम्भावना नरहेपछि तत्कालीन सभामुखले नै बार्गेनिङ गर्नुस्, लिने-दिने कुरा मिलाउनुस् भनेपछि बार्गेनिङ गर्नुपरेको थियो।’ उनले थपिन्, -त्यो बेला राजधानी…

Read More

बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ। जिल्लाको सुर्नया गाउँपालिका- २ खालिकाबगड लिस्किटा घर भएका २७ वर्षीय तिलकबहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो। गत हप्ता उनकै बस्ने कोठामा हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको थियो। उनको भारतीय नागरिकले चक्कु प्रहार गरि हत्या गरेका हुन्। ७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ। हत्याको कारण खुलेको छैन। भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ। आफन्त धीर बहादुर चन्दका अनुसार भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको छ। रोजगारीको सिलसिलामा भारत गएका तिलक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका पूर्व सभामुख अर्जुनबहादुर थापाले तत्कालीन अवस्थामा प्रदेश सभालाई सफल पार्न काँग्रेसलाई खुसी पारेको बताए। आज (आइतबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान माननीय सदस्यहरुबीच अनुभव आदानप्रदान मन्चमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसलाई खुसी बनाएर प्रदेश सभा चलाउदा सहज भएको दाबी गरे। यस्तै आफ्नो कार्यकालमा प्रदेश सभालाई सफल बनाउन काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए। उनले भने, ‘मैले आफ्नो पार्टी भन्दा पनि काँग्रेसलाई खुसी पारेको थिए।त्यसका कारण मेरोविरुद्ध पार्टीमा (एमाले) उजुरी पनि परेको थियो,’ उनले थपे, -‘त्यसबेला सभामुख काँग्रेसको भनेको मान्ने भयो भनेर एमालेका माननीयले उजुरी दिए। पछि मलाई बोलाएर शीर्ष नेताहरूले किन…

Read More

कैलाली: सुदूरपश्चिम लोकसेवा आयोगमा नाममा नक्कली सूचना आएपछि परीक्षार्थीहरु भ्रमित भएका छन्। उनीहरुले कैलालीमा भएको नक्कली परीक्षासमेत दिएको खुलेको छ। उनीहरुमध्ये एक पीडितले गोदावरी नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएको बताएका छन्। बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरेका थिए। लिखित परीक्षा दिनका लागि उहाँ जेठ महिनाको अन्तिमतिर धनगढी पुगेका थिए। धनगढी पुगेर तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो। डाँगीमार्फत उनले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू…

Read More

कञ्चनपुर: कञ्चनपुरमा स्कोरपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। आइतबार बिहान बेलौरी नगरपालिका-५ स्थित कलुवापुर सडक खण्डमा बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक बेलौरी-५ शोभातालका रामप्रसाद चौधरी घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ। स्कोरपियो चालक फरार छन्। गाडी अहिले बेलौरी प्रहरीको नियन्त्रणमा छ।

Read More

काठमाडौँ: नेपाल प्रहरीका दुई प्रहरी जवान निलम्बनमा परेका छन्। सवारी चालकसँग घूस लिएको आरोपमा रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्। राजमार्गमा ड्युटी गर्ने क्रममा जिप चालकसँग घूस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए। उनीहरूले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक-एक सय रुपैयाँ घूस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा व्यापक अनियमितताको गन्ध आएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको हो। महेन्द्रनगरपोष्टलाई प्राप्त पत्रअनुसार अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सो सम्बन्धी प्रमाण, स्वास्थ्य शिविर सम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अप्रेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धी कागजात मागेको छ। ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन। हिजो शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर ब्यारेलबाट २९ वर्षीय दिपक राना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का राना एक ग्राम ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनले मोटरसाइकलको ऐना भित्र लागुऔषध लुकाएका थिए। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट आठ सय २० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन। प्रहरीका अनुसार सोही ठाउँका २७ वर्षीय तेजबहादुर खड्का, २५ वर्षीय कुमार खड्का र २६ वर्षीय राज खत्री लागुऔषधसहित पक्राउ परेका हुन्। शनिवार साँझ…

Read More