बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ। जिल्लाको सुर्नया गाउँपालिका- २ खालिकाबगड लिस्किटा घर भएका २७ वर्षीय तिलकबहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो।
गत हप्ता उनकै बस्ने कोठामा हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको थियो। उनको भारतीय नागरिकले चक्कु प्रहार गरि हत्या गरेका हुन्।
७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ। हत्याको कारण खुलेको छैन। भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ।
आफन्त धीर बहादुर चन्दका अनुसार भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको छ।
रोजगारीको सिलसिलामा भारत गएका तिलक ११ वर्षदेखि सम्पर्कविहिन थिए।
Facebook Comments Box