Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले दुई दिन गौरा पर्वका लागि बिदा दिने भएको छ । गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार सोमवार बसेको कार्यपालिका बैठकले भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । भदौ ७ गते गौरा नमनाएका ठाउँमा हिजो सोमवार देखि गौरा पर्व सुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।

Read More

धनगढी: धनगढी उपमहानगरपालिका-१ मा रहेको नेपाली नुरी जामा मस्जिदको कार्यसमिति अध्यक्षमा डा मेराज आलम अन्सारीले उम्मेदवारी दिएका छन् । उनले मस्जिदको पुननिर्माणका साथै मस्जिद कोष स्थापना गरी गरीब एवं असहायलाई मद्दत गर्ने लगायतका एजेण्डासहित उम्मेदवारी दिएका हुन् । मस्जिदको कार्यसमिति चुनाव बुधवार (भोलि) २० गते हुँदैछ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन । म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने सङ्केत गरे । “काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ”, उनले भने, “निर्माण व्यवसायीको काममा म्याद थपको निक्र्यौल लाग्छ ।” पुनर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको…

Read More

कैलालीः बर्दगोरिया गाउँपालिकाले विभिन्न संघ-संस्थालाई सम्मान गरेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर स्वरूप एनएलआर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी संघसंस्थाहरूलाई कदर-पत्रसहित सम्मान गरेको हो। बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य कार्यक्रहरूको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमका बिच विगत लामो समयदेखि गाउँपालिकामा कुष्ठरोग निवारण कार्यमा अतुलनीय योगदान गरेकोमा एनएलआर नेपाल र एनएनएसडब्ल्यूएलाई कदर-पत्रसहित सम्मान गरेको हो। एनएलआर नेपालका तर्फबाट प्रकाश मल्ल र एनएनएसडब्ल्यूएका तर्फबाट संस्थाका निमित्त कार्यकारी निर्देशक विनोद विक्रम जैरूले सम्मान ग्रहण गरेका थिए। एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी निर्देशक जैरूले यो सम्मानले कुष्ठरोग रोकथामका लागि थप हौसला प्रदान गरेको बताए। बर्दगोरिया…

Read More

धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका प्रहरी इन्चार्जको सरुवा हुने भएको छ। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चलाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टको सरुवा हुने भएको हो। केही दिनमै उनको सरुवा गरिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष पाठकले जानकारी दिए। महेन्द्रनगरपोष्टले भदौ ८ गते मदिरालय र सई विष्टबारे समाचार प्रकाशित गरेपछि बिष्टलाई जिल्ला तानेर अनुसन्धान गरिएको थियो। बिष्टलाई जिल्ला तानेर उनीमाथि लागेको आरोपका सवालमा अनुसन्धान एवं छानबिन गर्नका लागि छानबिन समितिसमेत बनाइएको थियो। इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक (इन्सपेक्टर)…

Read More

बैतडी: बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।” मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै, पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली,…

Read More

काठमाडौं: एसिया कप २०२३ अन्तर्तग हिजि भारतविरूद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन्। भारतसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा रोहित सन्तुष्ट देखिएका हुन्। ‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु। विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं। मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने। बलिङबारे उनले भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो। पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’ सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा…

Read More

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेनकी श्रीमती तथा अमेरिकाकी प्रथम महिला जिल बाइडेनमा कोरोना पोजेटिभ देखिएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा फस्ट लेडीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति बाइडेनको उनको पनि परीक्षण गरिएको थियो, तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ। जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत आउने तयारीमा रहेका राष्ट्रपतिको लगातार कोरोना परीक्षण गरिने बताइएको छ।

Read More

बैतडी: बैतडीमा हिजो(सोमबार) दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ। पानीसँगै आएको हावाहुरीले विद्युत लाइनमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।  बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत लाइनमा समस्या रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए।  विद्युत लाइनमा देखिएको समस्या पत्ता लगाउन र समस्या समाधान गर्न प्राविधिक टोली खटिएको भट्टले जानकारी दिए। आज दिउँसो सम्म विद्युत सेवा सुचारु हुन सक्ने उनले बताए।  विद्युत सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन्।

Read More

काठमाडौं: सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो। तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ। गणेशसिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन्। कालो सूचीमा परेकाहरुले भदौ १९ गतेदेखि कालो सूचीमा राखिएको अवधिभर…

Read More