Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  आज मंगलबारबाट मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्। साउन २ र ३१ गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो। यो समय गरिएका धार्मिक कार्यले फल दिँदैन भन्ने मान्यता छ। यो महिना भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ । मलमास पनि भनिने यो एक महिनामा के–के गर्न हुन्छ, के–के हुँदैन भन्ने जिज्ञासा पाइन्छ। धर्मशास्त्री डा. देवमणि भट्टराई यो समयमा मांगलिक शुभकार्य गर्न नहुने मान्यता रहेको बताउँछन्। ‘विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । व्रतबन्ध, विवाहर गर्भाधानजस्ता संस्कार गर्नु…

Read More

धनगढी: कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।  कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन्। मुक्त कमैयाले भोली कमैया मुक्ति दिवस मनाउँदै छन्। नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो। कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए।

Read More

कैलाली: प्रहरीले फरार रहेका दुई जनालई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालील चरेश मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकेका फरार अभियुक्त चुरे गाउँपालिका–५ जलजलाका ३७ वर्षीय पूर्णबहादुर धामीलाई सोमवार बिहान पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट खानीडाँडाको टोलीले धामीलाई उनकै घरबाट पक्राउ गरेको बताईएको छ। यस्तै, कैलाली जिल्ला अदालतबाट मिति २०६५ साल भदौमा वन मुद्दामा सात हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका–४ का ५५ वर्षीय भागिराम चौधरीलाई पनि सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बताइएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा पेश गरिएको छ।

Read More

काठमाडौं: गत शुक्रवार सुनसरीको बराहक्षेत्रमा भएको ‘ग्याङ फाइट’ योजनाबद्ध रहेको खुलेको छ। जहाँ ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको थियो। प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्काे समूहलाई फोन गरेर बोलाएको अनुसन्धानबाट खुलेको छ। निर्घात कुटपिट गरेको हो। ५ जनाले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको छ। उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। प्रहरीका अनुसार कुटाइ खाने र कुट्ने चिनजानेका साथी…

Read More

धनगढी: कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छिन्। लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगर बस्ने १६ वर्षीया मेनुका खनाल हराएकी हुन्। उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ। उनलाई भेट्टाउनेले नजिकैको प्रहरी चौकी अथवा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम  तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको…

Read More

धनगढी: साउन १ गते आज (सोमबार) को कुरा हो, धनगढीको नेश्लल चोक नेर एक जोडीले भेट गरे। ट्याङ्करका सहचालक (खसाली) समेत रहेका युवक र ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक युवती त्यहाँ भेटिएका थिए। उनीहरु प्रेमी-प्रेमिका थिए। प्रहरी स्रोतका अनुसार उनीहरु मोबाईल साट्न भेटिएका थिए। हिजोअस्ती नै उनीहरुले आफ्नो मोबाईल अदलबदल गरेको बुझिएको छ। तर भेट गर्ने क्रममा उनीहरु ६ लेन सडकको नेश्ननल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र पसे। त्यहाँ वरपर अरु मानिसहरु पनि थिए। तर उनीहरु सरासर त्यहाँतर्फ अगाडी बढे। युवती कलेज ड्रेसमै थिइन्। प्रहरी स्रोतका अनुसार लुरे-लुरे देखिने खलासीले ट्याङ्कर भएको ठाउँतिर बसेर गफ गर्न भनेर युवतीलाई फकाएर…

Read More

काठमाडौं : काठमाडौंबाट विभिन्न स्थानका लागि उडेका बुद्ध एयरको जहाजहरु बीचबाटै फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमरा, भरतपुर र सुर्खेतका लागि उडान भरेका बुद्धका तीनवटा जहाज गन्तव्यमा पुग्न नसकेपछि बीचैबाट फर्काइएको हो । साँझ ५ बजेर ५५ मीनेटमा सिमरा उडेको बिएचए–५६१ उडान नम्बरको बुद्धको जहाज आकाशबाटै फर्काएर बेलुकी ६ बजेर ३५ मीनेटमा काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाइएको छ । उक्त जहाजमा ५३ जना यात्रु थिए । त्यसअघि अपरान्ह पौने ५ बजे काठमाडौँबाट भरतपुरका लागि उडेको बिएचए–३७३ उडान नम्बरको जहाज पनि मौसम खराबीकै कारण गन्तव्यमा पुग्न सकेको थिएन । ४६ जना यात्रु बोकेर भरतपुर उडेको सो जहाज साँझ…

Read More

काठमाडौं : २२ वटा गाउँपालिकाले तोकेको समयसीमा भित्र आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्न सकेका छैनन् । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरूले आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आ–आफ्नो गाउँरनगर सभामा पेस गरिसक्नु पर्ने हुन्छ । पेस भएको नीति तथा कार्यक्रम र बजेट असार मसान्तसम्म स्वीकृत गरिसक्नु पर्ने व्यवस्था छ । तर, ४६० गाउँपालिका मध्ये ४ सय ३८ गाउँपालिकाले मात्र असार मसान्तभित्र बजेट स्वीकृत गरेका छन् । २२ वटा गाउँपालिका अर्थात् ९५ प्रतिशत गाउँपालिकाले असार मसान्तभित्र आव २०८०र८१ को बजेट स्वीकृत गर्न सकेको गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९र०८० मा चोरीपैठारीका एक अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्रले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष त्यस्तो सामान करिब २७ प्रतिशतले बढी पक्रेर भन्सार दाखिला गरेको बताएको छ । जसअनुसार गत साउन महिनामा नौ करोड ७९ लाख तीन हजार ३३४ रुपैयाँ, भदौमा ११ करोड २५ लाख ११ हजार ७२० रुपैयाँ र असोज महिनामा आठ करोड, ७४ लाख ९४ हजार ६८३ रुपैयाँको सामान बरामद गरेको हो । त्यस्तै कात्तिकमा छ करोड ९१ लाख ५८ हजार ५०९ रुपैयाँ, मंसिरमा आठ करोड ४८ लाख ५१…

Read More