Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरस्थित महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने एक किशोरी मृत फेला परेकी छिन्। दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का आफू बस्ने कोठामा मृत फेला परेकी हुन्। उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको धनगढीबाट बेपत्ता भएका २ बालक अझैसम्म पनि फेला परेका छैनन्। हिजो(शुक्रबार) धनगढी उपमहानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय विप्लप बम बेपत्ता भएका थिए। उनीहरुका आफन्तहरुले खोजतलासका लागि  जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। त्यसपछि खोजतलासको काम जारी रहेकोमा हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले बताइरहेको छ। दुवैजना ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत छन्। उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

Read More

काठमाडौँ: आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।  प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले  जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।  चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै…

Read More

काठमाडौँ: नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो।  आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

कैलाली: कैलालीमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै एक शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ। उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारको ठहर छ।शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए। उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले भ्रष्टाचार निवारण ऐन,…

Read More

धनगढीः कैलालीमा एकै दिन दुई बालक बेपत्ता भएका छन्। जिल्लाको धनगढी उप–महानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन्। ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत दुबै जना आज बेपत्ता भएका हुन। उनीहरुका आफन्तहरुले खोजतलासकोलागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएको प्रहरीले जनाएको छ। उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सत्ता गठबन्धन र सत्ता समीकरण फेरबदल हुने सम्भावना कम भएको बताएका छन् । शुक्रबार धनगढीमा पत्रकारसँग कुराकानी गर्दै विश्वकर्माले सत्ता गठबन्धन र सत्ता समीकरण फेरबदल हुने चर्चा चलेपनि कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् । “एमालेले सत्तालाई मूल विषय बनाएको छैन् । अहिलेको गठबन्धनभित्र खेल्ने चाहाना पनि छैन्,”विश्वकर्माले भने, “परस्थिति जसरी अघि बढ्छ त्यहीअनुसार हुन्छ । एमालेले सत्ता गठबन्धनलाई मूल मुख्य कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई कहिलेसम्म बोकिरहन्छन् । विश्वकर्माले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ, अर्थतन्त्र सबै अस्तव्यस्त बनेको उल्लेख गरे । अगामी फागुन…

Read More

काठमाडाैं : नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण…

Read More

धनगढी : प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारण सुरू भएकाे छ । धनगढीकाे बोराडाँडीमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमकाबीच अडिसन सुरू भएकाे हाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएनजोशीले कला र संस्कृतिको प्रबर्द्धनका लागि यस्ता प्रकारका कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुदूरपश्चिम एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय र कैलाली मोडेल स्कूलका प्राचार्य तपेन्द्र सिंह लगायतले मन्तव्य राखेका थिए । अडिसनमा आयोजक विद्यालयका प्रधानाध्यापक ल‍ोकराज पन्तले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे सभापतित्व…

Read More

छेन्दु: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ झियाहोऊसँग भेटवार्ता गरेका छन् । सिचुवान प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्षसमेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे । उनले छुङकिङ, तिब्बत र सिचुवानको भ्रमणका क्रममा पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । चीनसँगको पारवहन सन्धिको कार्यान्वयनले अब भूपरिवेष्ठित होइन भू–सम्बन्ध जोड्ने देश भएको प्रधानमन्त्रीले…

Read More