Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् । १७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम भ्रमण पनि हुन सक्ने उनको टिप्पणी छ ।

Read More

काठमाडौं : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६१० पदकको छिनोफानो भएको छ । हीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित १६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा छ । दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा छ । भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्यान्ड…

Read More

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार भएको छलफलअनुसार असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराएका हुन्। समिति बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन्।

Read More

काठमाडौं : सदनमा दर्ता गरिएको बिद्यालय शिक्षा विधेयकको विरोधमा जारी आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका शिक्षक सवार गाडी सिन्धुलीको सुनकोसीमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना शिक्षक घाइते भएका छन्। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक गाडी पल्टिदा ११ जना शिक्षक घाइते भएका सिन्धुली प्रहरीले जानकारी दिएको छ। सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी शुक्बार बिहान करिब ८ बजेको समयमा दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ का ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका-५ का ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका -१…

Read More

काठमाडौंः सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ । हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार…

Read More

कञ्चनपुर : वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन्। तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिक रुपमा केरा खेती गर्न थालेका हुन्। पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन्। उनले वार्षीक रुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन्। केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ। केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ। केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउँछन्। छ बिघा जग्गामा…

Read More

धनगढीः दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको शैलशिखर नगरपालिका–९ गाँजरीका ७० वर्षीय वृद्धा कलावती महरको मृत्यु भएको हो। घरको सिँढीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले जानकारी दिए। उनका अनुसार आफ्नै घरको सिँढी (भर्‍याङ)बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

Read More

काठमाडौं: एक हाकिमलाई उनकी पत्नीले अर्कै युवतीसँग रोमान्स गरिरहेको फेला पारेकी छिन्। त्यो पनि पतिकै कर्मचारीसँग। यो घटना झापाकाे अर्जुनधारा नगरपालिकामा भएको हो।त्यहाँको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको छ। स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको हो।

Read More

धनगढी: नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो। सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो। सरकारले चिकित्सकलाई सुरक्षा दिनुपर्ने उनीहरूको माग छ।

Read More

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन्। उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ।  यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन्।  हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए। राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन्।

Read More