काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् ।
१७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम भ्रमण पनि हुन सक्ने उनको टिप्पणी छ ।
Facebook Comments Box