Author: महेन्द्रनगर पोष्ट

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूले आज पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले कैलालीको गोदावरी नगरपालिका- ४ स्थित बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन् । उनीहरूसँग सो क्षेत्रका सांसदहरू पनि पुगेका थिए । सोमबार राति पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध छ ।अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । त्यस्तै करिब ३०० मिटर सडक भासिएको छ । उक्त क्षेत्र पुगेका…

Read More

महेन्द्रनगर : सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अठार घण्टा देखि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कैलालीको गोदावरी देखि खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको छ । बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ । पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । विभिन्न कामले पहाडबाट तराई झर्ने यात्रुहरु कैलालीको बुढितोलासम्म यातायातका साधनमा आएपनि त्यहावाट गोदावरीसम्म आउन सकिरहेका छैनन । कोही १ घण्टाको उकालो छिचोलेर वारिपट्टी…

Read More

काठमाडौं : काठमाडौंबाट भरतपुर उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ । ४० जना यात्रु रहेको विमान साढे ४ बजे काठमाडौंबाट उडेको थियो । तर, खराब मौसमका कारण भरतपुर विमानस्थलमा अवतरण हुन नसकेपछि साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइन्छ । आजै काठमाडौंबाट पोखरातर्फका बुद्ध एअरका पाँच वडा उडान पनि रद्ध भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार यतिका चार वटा उडान रद्ध भएको छ ।

Read More

धनगढीः अछाम र डोटीमा दुई जना मृत अवस्थामा फेला परेका छन्। अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलवार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन। यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ। त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–३ बरलदेउ स्थित सेती नदी किनारमा एक जना मृत फेला परेका छन्। पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने बताएका छन् । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । अनुसन्धान भइरहेको र दोषी देखिए माओवादी वा जुनसुकै दललाई पनि नछाड्ने उनको दाबी छ । “को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानुलनाई लागु गर्न दिन्छौँ,” श्रेष्ठले भने, “अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन । कोही उम्कन पाउँदैन । दृढतापूर्वक भन्न चाहन्छु ।”

Read More

काठमाडौँ : सरकारले सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Read More

काठमाडौं : नेपाली सेनाले विभिन्न राष्ट्रमा रहने सैनिक सहचारीहरुको फेरबदल गरेको छ । सेनाको सिफारिस र क्याबिनेटको साउन १६ गतेको निर्णयानुसार अमेरिका, बेलायत,चीन, भारतलगायत मुलुकका राजदूतावासमा पठाउने सैनिक अधिकारीहरुको चयन भएको हो । जसअनुसार नीति तथा योजना निर्देशनालयका महासेनानी पूर्णप्रसाद ढकाललाई अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीस्थित नेपाली राजदूतावासमा सैनिक सहचारीको जिम्मेवारी दिइएको छ । उनलाई क्यानाडाको समेत कार्य हेर्ने भनिएको छ । त्यस्तै बंगलादेशमा वीरेन्द्र अस्पतालमा कार्यरत अञ्जनकेशर खत्रीलाई सैनिक सहचारीको रुपमा कार्यरत रहन भनिएको छ । बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीमा सैनिक इन्टेलिजेन्स निर्देशनालयका महासेनानी अनुप शाहलाई खटाइएको छ । उनले फ्रान्सको समेत जिम्मेवारी हेर्नेछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा…

Read More

धनगढी : जनशक्ति अभावका कारण सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । साधारण तर्फ १ सय ६ जनाको दरबन्दी रहेकोमा ५१ जना स्थायी र १५ करारमा जम्मा ६६ मात्र कार्यरत छन भने ४० जनाको दरबन्दी रिक्त छ । यस्तै अस्पताल बिकास समितिको ८६ जम्मा दरबन्दी मध्ये २९ स्थायी र २० जना करारका कर्मचारी गरी ४९ जना अस्पतालमा कार्यरत छन भने दरवन्दी भएर पनि ३७ जना कर्मचारीको अभाव छ । काजमा कार्यरत ६ जनालाई पनि सङ्घीय सरकारले फिर्ता बोलाउने निर्णय गरे सँगै सेतीमा सञ्चालित दैनिक सेवामा प्रभाव परको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले…

Read More

डडेल्धुरा : सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालले करार सेवामा १४ जना चिकित्सक भर्ना गर्न आवेदन खोलेको छ । १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ । इच्छुकलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत हालै गठन गरिएको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवानले कुटाइ खाएका छन्। सोमबार कञ्चनपुरको पुर्नवास नगरपालिका–११ को टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदले युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्। साउँदले मदिरा सेवन गरेर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात गर्न बाध्य भएको स्थानीयले बताएका छन्। पुर्नवास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरी जवान साउँदले सवारी साधन चेकजाँच गर्दै दुःख दिएको खबर पाएपछि सोमबार आफू पनि घटनास्थलमा पुगेको बताए। तर, अर्यालले आफू त्यहाँ पुग्ने बेलासम्म स्थानीयको एउटा समूहले…

Read More