Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ । “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भने, “कुनै पनि निकायले ध्यान दिएन,…

Read More

कञ्चनपुर: आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक ९गेट० परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिए । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए । “नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको…

Read More

धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरी रहेका प्रहरीले बताएको छ । धनगढी–१७ धुर्जन्नामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमवार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: काठमाडौँ प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ । बाराको कोल्बीका ३६ वर्षीय चन्द्रभूषण चौधरीलाई उनकी प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाको छ । आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन् । चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए । काठमाडौँको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवालासँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन् ।

Read More

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ । प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतीमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरु धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ । प्रहरीको उपस्थितीमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमती गराउने काम गरिरहेको छ भने सहमती नजुटेका उजुरी थप कारवाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २४५ वटा उजुरी परेको जानकारी दिए । जोशीकाअनुसार अहिले…

Read More

कैलाली: दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुनर्स्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो । यद्यपि पुनर्स्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुर्नस्थापना हुन…

Read More

धनगढीः धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेर व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएका छन्। धनगढीसहितका क्षेत्रका व्यवसायीहरुले अभाव सिर्जना गर्दै पम्पहरुमा ताला लगाएका हुन्। जसका कारण उपभोक्ता समस्यामा परेका छन्। खासगरी भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने भन्दै कतिपय व्यवसायीहरुले नेपाल आयल निगमको धनगढी डिपोबाट बुझेर लगेको इन्धन थन्क्याएका छन् भने कतिपयले निगमबाट पेट्रोलियम पदार्थ उठाउन मानेका छैनन्। आयल निगमको धनगढी डिपोबाट शुक्रबार मात्र व्यवसायीहरुले इन्धन उठाएका थिए तर उक्त इन्धन बिक्रि वितरण नगरेर उनीहरुले भण्डारण गरेर राखेपछि अभाव सिर्जना भएको हो। धनगढीका पेट्रोल पम्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै सवारीसाधनलाई बिक्रि वितरण गरेका छैनन्। पेट्रोलिय पदार्थ ढुवानी व्यवसायी संघका…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले पक्की सडकमाथि ग्राभेल हालिरहेको छ । क्षणभरको वर्षामा बेलौरी बजार जलमग्न हुन थाल्दा नगरपालिकाविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि नगरपालिकाले पक्की सडकमाथि ग्राभेल हालिरहेको हो । तर, पक्की सडकमाथि ग्राभेल हाल्न थालिएको भन्दै नगरपालिकाविरुद्ध सामाजिक सञ्जालमा पुन: आलोचना भइरहेको छ । कोटेसन पाएपछि पक्की सडकमै ग्राभेल गरिएको आरोप स्थानीयले लगाएका छन् । कोटेसनको ८ लाखमा पक्की सडकमा नै ग्राभेल भन्दै आलोचना गरिरहेका छन् । नगर उपप्रमुख जोगराम चौधरीले भने ग्राभेलका लागि बजेट विनियोजन नगरिएको र ग्राभेल हालिसकेपछि बजेट छुट्याइने बताएका छन् । उनले ग्राभेल हालेपछि सम्बन्धितलाई पछि रकम दिइने बताए । नगरपालिकाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्यचौकी हाताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गर्ने निर्णय गरेको छ । सोमवार बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्यचौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना गर्ने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्यचौकी प्रमुख सुरेश सार्कीले बताए । पहिलो पटकलाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिबाना गरिने भएको छ । यस्तै, संस्थाको हाताभित्र धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरिएको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावलले साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका छन् । केन्द्रीय सदस्यसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो ।

Read More