Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउका अर्जुन मङ्गोलाका १५ वर्षीय छोरा निरज ममङ्गोला धनगढीबाट हराएका छन् । उनको पारिवारिक स्रोतका अनुसार गत असार ३० गते धनगढी त्रिनगरमा रहेको फुपुको घरबाट कञ्चनपुरको पुनर्वास नगरपालिकाको भीमबस्तिस्थित मामाघर जाँदै गर्दा उनी बाटोबाटै बेपत्ता भएका हुन् । निरज हराएको प्रहरीलाई पनि खबर गरिएको बताइएको छ । उनलाई कसैले फेला पारे नजिकको प्रहरी तथा ९८६८७८४५८४ नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको छ ।

Read More

भजनी: कैलालीको भजनी नगरपालिकाका लालबहादुर कामीको घर कान्द्रा नदीबाट पाँच सय मिटरभित्र छ। उनको घर सधैँ कान्द्रा नदीको बाढीले बर्खाको समयमा डुबान हुन्छ। घर डुबानमा परेपछि हुलाकी राजमार्गमा त्रिपालमा दुई महिनासम्म बिताउनुपर्ने बाध्यता लालबहादुरको परिवारलाई छ। ‘बर्खा सकिएपछि हाम्रो दुःख सकिन्छ, बर्खा लाग्यो भने हाम्रा दुःखका दिनको सुरुवात हुन्छन्’, लालबहादुर भन्छन्, ‘त्यो दुःख कान्द्रा नदी हो, बाजेबुवाले भोग्दै आएको दुःख हामी पनि भोग्दैछौँ, हाम्रा पछिका सन्ततिले पनि छुटकारा पाउने आश छैन।’ लालबहादुर मात्रै होइन उनीसँगै भजनी-५ र ७ का अधिकांश बासिन्दाको दुःख कान्द्रा नदी बन्दै आएको छ। बर्सेनि जमिन कटान गर्दै नदी बस्तीमा केन्द्रित हुँदै आएको छ। हजारौँ बिघा खेतीयोग्य…

Read More

दार्चुला: दार्चुलाको सदरमुकाम क्षेत्रमा रहेको एक होटलमा युवाहरुबीच झडप हुँदा ४ जना घाइते भएका छन्। महाकाली नगरपालिका-४ स्थित अपि होटल एण्ड रेष्टुरेन्ट होटलमा विवाद भई झडप हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका-१ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउकै प्रकाश सिंह कार्की रहेको उनले बताए। होटेलमा विवाद हुँदा होटेलमा रहेका वियरका बोतल हानाहान गर्दा चारै जना घाइते भएको बताइएको छ। जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचार पछि चारै जनालाई थप उपचारको…

Read More

डडेल्धुरा: सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक डडेल्धुरामा ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा पढाइ हुने भएको छ। डडेल्धुरा सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ हुने भएको हो। यसै वर्ष स्तरोउन्नति भएको कलेजमा ल्याब टेक्नोलोजीका साथै प्री-डिप्लोमातर्फ सर्भे इन्जिनियरिङ (अमिन), पशु विज्ञान (भेटेनरी जेटिए), सिभिल सव-ओभरसियरर बाली विज्ञान (कृषि जेटिए) को अध्यापनसमेत गराइने कलेजका प्रबन्ध राजेन्द्र भण्डारीले बताए। अहिलेसम्म ल्याबको डिप्लोमा गर्न तराईका जिल्ला जानुपर्ने बाध्यता रहेकोमा अब डडेल्धुरामै पढाइ हुने भएपछि सुदूर पहाडका सातै जिल्लाका विद्यार्थीलाई सहज हुने उनले बताए। स्थापनाकालदेखि नै सुदूरपश्चिम र मध्यपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ह्वाइटपार्क कलेजमा…

Read More

धनगढी: आज डोटी, डडेल्धुरा र अछाम आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाली यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। साथै आज दोलखा, सिन्धुपाल्चोक रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ। यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ। आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ।  

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सशस्त्र प्रहरी निरीक्षक सत्यदेवी बस्नेतको नाम सिफारिस गरेको छ। रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि बस्नेतको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक कूलबहादुर नेम्वाङ्गले सूचनामार्फत जनाएका छन्।

Read More

डडेल्धुरा: भागेश्वर गाउँपालिकाको मुख्य सडक तोकिएको समयभन्दा एक वर्ष म्याद थप हुदा समेत कालोपत्रे हुन सकेको छैन। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासँग जोडिएको बगरकोट–सिराड–रुपाल सडकको बिरादे–बगरकोट–सिराड खण्ड कालोपत्रे हुन नसकेको हो। यो सडक खण्ड कालोपत्रे गर्नका लागि महादेव खिम्ति/शनिदेव जेभिसँग २०७६ असार ३० गते ठेक्का सम्झौता भएको थियो। २० करोड ७२ लाख लागतमा २०७९ पुस ३० गते काम सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुरा प्रमुख नवराज रावलले जानकारी दिए। सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न नभएपछि एक पटकका लागि म्याद पनि थपिएको थियो। तर, थपिएको समयमा समेत कालापत्रे हुन सकेको छैन। उक्त सडक खण्डमा हालसम्म ८० प्रतिशत मात्रै…

Read More

दोहा:  कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो। गत शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए। उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए। बिरामीको उपचार भइरहेको नेपाली दूतावास श्रोतले जनाएको छ। दूतावासका अनुसार मृतकबारे दूतावासलाई जानकारी आएको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै नेपाल पठाउने तयारी थालिसकेको छ।

Read More

काठमाडौं :  आज मंगलबारबाट मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्। साउन २ र ३१ गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो। यो समय गरिएका धार्मिक कार्यले फल दिँदैन भन्ने मान्यता छ। यो महिना भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ । मलमास पनि भनिने यो एक महिनामा के–के गर्न हुन्छ, के–के हुँदैन भन्ने जिज्ञासा पाइन्छ। धर्मशास्त्री डा. देवमणि भट्टराई यो समयमा मांगलिक शुभकार्य गर्न नहुने मान्यता रहेको बताउँछन्। ‘विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । व्रतबन्ध, विवाहर गर्भाधानजस्ता संस्कार गर्नु…

Read More

धनगढी: कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।  कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन्। मुक्त कमैयाले भोली कमैया मुक्ति दिवस मनाउँदै छन्। नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो। कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए।

Read More