डडेल्धुरा: सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक डडेल्धुरामा ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा पढाइ हुने भएको छ। डडेल्धुरा सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ हुने भएको हो।
यसै वर्ष स्तरोउन्नति भएको कलेजमा ल्याब टेक्नोलोजीका साथै प्री-डिप्लोमातर्फ सर्भे इन्जिनियरिङ (अमिन), पशु विज्ञान (भेटेनरी जेटिए), सिभिल सव-ओभरसियर
र बाली विज्ञान (कृषि जेटिए) को अध्यापनसमेत गराइने कलेजका प्रबन्ध राजेन्द्र भण्डारीले बताए।
अहिलेसम्म ल्याबको डिप्लोमा गर्न तराईका जिल्ला जानुपर्ने बाध्यता रहेकोमा अब डडेल्धुरामै पढाइ हुने भएपछि सुदूर पहाडका सातै जिल्लाका विद्यार्थीलाई सहज हुने उनले बताए।
स्थापनाकालदेखि नै सुदूरपश्चिम र मध्यपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ह्वाइटपार्क कलेजमा यहि १२ गतेसम्म भर्ना खोलिएको भण्डारीले बताए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सीटिइभिटी)बाट सम्बन्धन प्राप्त गरेको उक्त कलेज सदरमुकामको चिम्रीकोटमा रहेको छ।