धनगढी: आज डोटी, डडेल्धुरा र अछाम आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाली यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
साथै आज दोलखा, सिन्धुपाल्चोक रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ। यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ।
आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ।
Facebook Comments Box