Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार स्थानीय तहले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बागमतीका २४, गण्डकीका सात,…

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। कालिकोटेमाथि गत असार १९ गते मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।

Read More

धनगढीः सुनसरीको वराहक्षेत्र नजिकै सप्तकोशी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ। कोशी किनारमा युवतीहरूको एउटा समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीकाअनुसार फरार चार जनाको खोजी कार्य भइरहेको छ। गत शुक्रबार सप्तकोशी किनारको राजाबासमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका थिए। उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ मनहेराको ग्यारेजबाट लागुऔषध १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। यसैगरी टीकापुर नगरपालिका–८ कर्मिडाँडाबाट अवैध लागुऔषध करिब २ ग्राम १९ मिलिग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरेको जनाएको छ।

Read More

काठमाडौँ : नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुइटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो । दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो । सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्ती भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’ जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परे । निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज…

Read More

कञ्चनपुरः बैंकिङ्ग कसुरमा कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिका चक्र विष्टलाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि बैंकिङ्ग कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विष्टलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।स्वचालित प्रणालीअनुसार आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। सोहीअनुरूप विभागले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव शून्य ९ प्रतिशतले भाडा घटेको छ। ६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९।६ किलोमिटरको भाडा दुई हजार…

Read More

काठमाडौं: काठमाडौंको ठमेलस्थित एलओडीमा पुगेकी किशोरी बलात्कृत भएको प्रकरणमा २ कर्मचारी पक्राउ परेका छन्। प्रहरीले म्यानेजर सहदेव सेढाईँ र रिसेप्सनिस्ट सपना ढुंगानालाई पक्राउ गरेको हो।  यसअघि प्रहरीले एलओडीका दुवै सञ्चालकलाई पक्राउ गरेको थियो। किशोरीलाई एलओडीमा कसरी प्रवेश दिइयो भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो। एओडीमा पुगेर फर्केकी किशोरीमाथि बलात्कार भएपछि किशोर किशोरीलाई एलओडी प्रवेशमा प्रतिबन्ध भए पनि त्यहाँ किशोर किशोरी जाने गरेको खुलेको थियो। प्रहरीले एलओडीका सञ्चालकलाई हाजिरी जमानीमा छाडेको छ। यो प्रकरणका बलात्कार आरोपी भने थुनामा छन्। 

Read More

टीकापुर: बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ। भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ। बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन्। बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन्। पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ। भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन्। उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ। पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन्। गत वर्ष बाढी आउँदा एक वर्षको बच्चासहित विस्थापित भएकी थिइन्। केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत…

Read More

डडेल्धुराः डडेल्धुराको घनघस्या मावि खतेडामा यो शैक्षिक सत्रबाट ११ कक्षाको पढाइ हुने भएको छ। अजयमेरु गाउँपालिका–१ मा पर्ने घनघस्या माविमा कक्षा १० सम्म पढाई हुने गरेकोमा यस वर्षदेखि कक्षा ११ को पढाई हुने प्रधानाध्यापक शंकरप्रसाद भट्टले बताए। गाउँपालिकाको अनुमति प्राप्त गरेर यो वर्ष शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने उनले बताए। उच्च शिक्षा अध्ययन गर्ने घोड्कटे, खतेड, बचकोट, काईराली गाउँ तथा बैतडीको कफलचौडा, डैसिलीलगायतका विद्यार्थीलाई समस्या रहेको थियो। विभिन्न समाजसेवीहरूबाट करिब १२ लाख चन्दा संकलन गरेर विद्यालयमा ११ कक्षाको भर्ना खोलिएको विद्यालयले जनाएको छ। कक्षा ११ सञ्चालनका लागि विद्यालयले एक जना स्वयंमसेवक शिक्षक र एक निजी शिक्षक राख्ने तयारी गरेको विद्यालय…

Read More