Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै अगाडि नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक सूचकमाथि कुटपिट भएको छ। नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक सूचक अजुर्न खड्कामाथि कुटपिट भएको हो। उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालित क्यासिनोका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ। सो कुटपिट आरोपमा एक जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको थियो।  तर, उनी कुटपिटमा संलग्न नभएको बताइएको छ। तर उनकै अर्को समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा नम्बर १५,जमुनाह भन्सारको चेकपोष्ट नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख रुपैयाँ हिजो साँझ सूचक अर्जुन खड्काले नियन्त्रणमा लिएका थिए। उक्त रकम क्यासिनो तथा हुण्डी कारोबारका लागि ल्याइएको बुझिएको…

Read More

धनगढी: कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उनको उपचारको क्रममा गएराति वीर अस्पतालको आइसीयुमा निधन भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीलाई हिजो बिहान साढे ५ बजे वीर अस्पतालमा भर्ना गरिएको थियो। गएराति साढे १० बजे अस्पतालले मेयरको निधन भएको जानकारी दिएको बताइन्छ।

Read More

काठमाडौं: नेकपा एमाले नेतृत्वको सरकारमा गृह मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले लिएलगत्तै नेपाल प्रहरीमा घुसपैठ सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरीमा हस्तक्षेप बढाइरहेको बताइएको छ। उनकै निर्देशनमा प्रहरीमा धमाधम काज सरुवा भैरहेको बुझिएको हो। मन्त्री भएको एक सातामै उनले विभिन्न जिल्ला तथा कार्यालयका इन्चार्जहरु हटाएका छन्। मन्त्रीकै निर्देशनमा तनहुँका एसपी अपिलराज बोहरालाई पाँच महिनामै हटाइएको छ। त्यहाँ कांग्रेसनिकट एसपी वीरेन्द्र शाहीलाई खटाइएको छ। त्यस्तै, उदयपुरका एसपी रमेश थापाको पनि शुक्रबार प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ। एसपी थापाकै प्रस्तावअनुसार उनको सरुवा भएको बताइएको छ। उदयपुरमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ। त्यस्तै, भोजपुरमा पनि कांग्रेसनिकट डिएसपी युवराज तिमल्सिनालाई पठाइएको छ।…

Read More

धनगढी : बैतडीमा चरेससहित एक जना पक्राउ परेका छन् । पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपालसिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेका हुन् ।  इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक, राजेन्द्र सिंह साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीप्रका प्रबक्ता, प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए ।  विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पाटनको टोलीले बिहिबार अप्रान्ह ४ बजेको समयमा बिष्टलाई पक्राउ गरेको हो ।   यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर भएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार हेरफेर गरेका हुन । भागबन्डाका लागि फुटाएर १० मन्त्रालय पुर्‍याएका सोडारीले पुनः ७ नै कायम गरेका छन । सूची

Read More

काठमाडौं : लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो । उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो। अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।

Read More

धनगढी : धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए । र यो पनि ! धनगढीमा अस्पतालका नाममा चर्च, प्रहरी प्रशासन के गर्छ…

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ । गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो । भिडिओ 452608804_1479411726267859_1784071495368780797_nDownload

Read More

धनगढी : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई धम्की दिने अछामका कमल सिजापती पक्राउ परेका छन् । विप्लव कार्यकर्ता रहेका सिजापतीले पत्रकार श्रेष्ठलाई फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएका थिए । साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएका थिए । हतियारधारी व्यक्ति कार्यालयमा पसेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएकोमा सिजापतीलाई प्रहरीले सोही…

Read More