Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले…

Read More

धनगढी: धनगढीमा आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर समितिले धनगढीमा दिवस मनाएको हो। दिवसका अवसरमा नेविसंघ धनगढी उपमहानरपालिकाले धनगढी चौराहादेखि पार्कमोडसम्म र्‍यालीको आयोजना गरेको थियो। र्‍यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, जनप्रतिनिधि लगायत काङ्ग्रेसका नेताहरु एवं सुरक्षा निकायको उपस्थिति रहेको थियो। लागुऔषध विरुद्धको र्‍याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागुऔषधमा फसेकाले त्यसको न्यूनीकरण गर्नुपर्ने बताए। यस्तै लागुऔषध कम गर्न प्रदेश सरकार युवाहरुसंग हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरे।

Read More

कैलाली: बझाङस्थित सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता भएका छन् । माछा मार्न गएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम शुक्रबार साँझ सेती नदीमा डुबेर बेपत्ता भएका हुन् । उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा ज्याला मजदुरीको काम गर्दै आएका र सोही ठाउँस्थित सेती नदीमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको गुनासो छ । सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने…

Read More

धनगढीः कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउका २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ। 

Read More

धनगढी: कैलालीका एक युवक बझाङको सेती नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका प्रकाश बम नदीमा बगेर बेपत्ता भएका हुन्। उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए। ३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी: बझाङको मष्टा गाउँपालिका भातेखोलाकी ८९ वर्षीया गिठीदेवी जोशीले हिजोमात्र नागरिकता पाएकी छन्। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाएको बताइएको छ। उनी नागरिकताको आवश्यकताबारे जानकार नहुँदा नागरिकताविहीन थिइन्। त्यसैका कारण उनी सरकारले दिने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले हिजो घरमै गएर नागरिकता दिएका थिए। त्यसपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी भएका छन्।

Read More

धनगढी: मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। जाजरकोटको शिवालय गाउँपालिका-८ घर भएका कृतिबहादुर नेपाली पहिरोमा पुरिएका हुन्। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। भैंसेबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा जादै गर्दा प्रहरी जवान नेपाली र सुनिल मेचे हिजो मध्यराति पहिरोमा परेका थिए।

Read More

टीकापुर: गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ। बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट ग¥यो’, उनले भने। बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ। भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ। जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए। ‘नगरको वडा नं ३, ५,…

Read More

बारा : बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। बाराको जितपुरसिमरा उपमाहनगरपालिका-१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो।  शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ। घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।

Read More