Author: महेन्द्रनगर पोष्ट

उदयपुर: उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन् । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए । विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । रासस

Read More

धनगढी: धनगढीमा भोलि पनि गौरा पर्वको बिदा दिइएको छ। धनगढी उप–महानगरपालिकाले गौरा पर्वको अवसरमा भोलि भदौ २१ गते एक दिन बिदा दिएको हो। अत्यावश्यक सेवा बाहेक उप–महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ। धनगढीमा २ पटक गौराको बिदा दिइएको हो। यसअघि भदौ ७ र ८ गते पनि बिदा दिइएको थियो। अस्ति गौरा पर्व नमनाएका ठाउँमा भोलि मुख्य दिन गौराष्टमी मनाइँदैछ।

Read More

रुकुम पश्चिम: रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीय सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीय गङ्गी पुनको मृत्यु भएको हो । सुत्केरी २२ वर्षीय विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिनुभएको थियो तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको…

Read More

धनगढीः नेपाल र चीनको सीमानाका समेत जोफिएको क्षेत्र दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बलले वोर्डर आउट पोष्ट स्थापना गर्ने भएको छ। पर्सि (शुक्रवार) जिल्लाको व्यासँ गाउँपालिका–१ तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना हुने सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले जानकारी दिए। उनका अनुसार वोर्डर आउट पोष्ट स्थापनाका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक (एआइजी) वंशीराज दाहाल दार्चुला पुगेका छन्। भोलि उनी सीमामा पुगेर पर्सि विओपी स्थापना गरिने बताइएको छ। विशेषगरी सो क्षेत्रमा चीन सीमा नजिक उक्त क्षेत्रबाट हुने अपराध नियन्त्रण लागुऔषध ओसारपसारजस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि तथा सीमानाकामा हुने विवाद रोक्न सशस्त्रले काम गर्ने जनाइएको छ। यो क्षेत्रमा हिमपात हुने भएकाले…

Read More

धनगढी: धनगढीमा एक महिलामाथि कुुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट गरिएको हो। भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए । उनकाअनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमती भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो । उनकाअनुुसार भट्टकी बहिनी नाता पर्नेसँग हिसाबको बारेमा कुराकानी भइरहेका बेला एक्कासी आएर विष्टले उनीमाथि ईटा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टले आपसी विवादका क्रममा महिलामाथि ईटा प्रहार गरेको पाइएको जनाएको छ । पीडित महिलाको टाउकोमा…

Read More

धनगढीः दार्चुलामा ट्रयाक्टर दुर्घटना भएको छ। बुधबार जिल्लाको मार्मा गाउँपालिका-३ लटिनाथस्थित गोकुलेश्वरको कच्ची भित्री सडकखण्ड क्षेत्रमा से २ च १४८१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन्। मार्मा गाउँपालिका ३ लटिनाथ बस्ने वर्ष २१ का सुनिल विष्टले चलाएको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ट्रयाक्टर मार्माको विटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ गइरहेको थियो। ट्रयाक्टर सडक बाट १ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनामा सहचालक घोडाघोडी नगरपालिका-१० पहलमानपूरका वर्ष ३४ का रामलखन चौधरी पनि घाइते भएका छन्।

Read More

धनगढीः सशस्त्र प्रहरीको कारण एक जना बालकको आँखा फुटेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का निवासी जैयद हाश्मीको आँखा फुटेको हो। भदौ १४ गते चौलिक्का चोकमा स्थानीयबासीसँग भएको झडपमा सशस्त्र प्रहरीले बोकेको बन्दुकको कुन्दाले लागेपछि बालकले आँखा गुमाउनुपरेको बताइएको छ। तर, बालकको परिवारले झडपमा नभई सशस्त्र प्रहरीको निर्घात कुटाइबाट आँखा फुटेको आरोप लगाएका छन्। सो दिन राति चौलिका नजिकको ठेलामा माछा खाने क्रममा ३० नम्बर गणबाट खटिएको टोलीले राइफलको कुन्दाले हान्दा आँखा फुटेको बालकको भनाई छ। बालकका अनुसार सशस्त्र प्रहरीहरुले उनलाई तस्कर भन्दै कुटेका थिए। उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको हालसम्म पनि पहिचान हुन सकेको छैन। घाइते बालकको…

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । बुधवार जिल्लाको गोदावरी नगरपालिका-१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका-११ का २७ वर्षीय अर्जुन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । नरेशको घरबाट दुबै जनालाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथबाट २०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको र दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

चितवन: नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने लागिनसके जानकारी दिए । विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?” पार्टीका साथीहरुसँग सल्लाह गरेर…

Read More

धनगढी: धनगढीमा नगर प्रहरीलाई अग्नी नियन्त्रण तालिम दिइँदै छ । धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजनाको आयोजनामा उपमहानगरभित्र कार्यरत नगर प्रहरी र दमकल इकाईमा कार्यरत कर्मचारीहरूलाई अग्नी नियन्त्रण सम्बन्धी तालिम दिन लागिएको हो । मंगलबारदेखि सुरु भएको चार दिने आधारभूत अग्नी नियन्त्रण तथा उद्दार तालिम शुक्रबारसम्म चल्ने उपमहानगरले जनाएको छ ।

Read More