Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । विशुद्ध पारिवारिक भ्रमणका लागि भन्दै गृहजिल्ला चितवन गएका प्रधानमन्त्री ‘प्रचण्ड’ भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको आफ्नै निवासमा बसेका छन् । श्रीमती सीता दाहालको निधन भएपछि उनी पहिलो पटक चितवन गएर आफ्नै निवासमा बास बसेका हुन् । प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर आयोजित एक कार्यक्रमलाई समापन गर्न सहभागी हुने कार्यक्रम तय भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा रहेको कभर्ड हलमा बिहान ७ बजे हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका छन् ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित भएको छ। स्नातक दोस्रो वर्षको परीक्षाकेन्द्र लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा तोकिएपछि विद्यार्थीहरुले सुरु गरेको आन्दोलन स्थगित भएको हो। घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियू सचिव हुकुम आचार्यले तत्काल केन्द्र सार्ने सम्भावना नदेखिएकाले आफूहरुले आन्दोलन फिर्ता लिएको बताए। त्रिभूवन विश्वविद्यालय अन्तरगतको स्नातक दोस्रो वर्षको परीक्षा साउन २८ गतेदेखि सुरु हुँदैछ। यसअघिका बर्षहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमै परीक्षा संचालन हुँदै आएकोमा यस बर्ष लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी आन्दोलित भएका थिए।

Read More

काठमाडौँ : बुद्ध एयरले फ्रान्स टुलोसबाट नयाँ जहाज खरिद गरेको छ । जहाजको कल साइन नाइन एन-एएनडब्लू रहेको उक्ता नयाँ जहाज शुक्रबार नेपाल ल्याइएको छ ।

Read More

काठमाडौँ : भारतले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेँडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेँडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ । उनले नेपालबाट आयात हुने गोलभेँडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् । तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेँडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।

Read More

बाजुराः बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती भने केहि भएको छैन्। उक्त स्थानमा प्रहरी टोलीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ। यस अघि बुधवार पनि बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ मा एक घर भत्किएको थियो।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो । apf-sahayak-haldarDownload

Read More

हेटौंडा : मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन्। भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११:२५ बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More

महेन्द्रनगर : भारत, उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् । दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृती बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो । बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति करिब १२ देखि ४ बजेको बीचमा भागेको हुनसक्ने आशंका प्रहरीको छ । लागूऔषध मुद्दामा पक्राउ परेकी बुढाथोकी फरार भएपछि उनीमाथि थप अभियोग लगाइएको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलाबाट एक किलोभन्दा बढी चरेशसहित सन् २०२१ मा उनी…

Read More

काठमाडौँ : नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट बिहीबार पक्राउमा परेका सांसद सुनील शर्मा शुक्रबार रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति नदिँदा शर्मा रिहा भएका हुन्। सरकारी वकिलको कार्यालयले सांसद शर्मालाई थुनामा राखी अनुसन्धान गर्न म्याद मागे पनि अदालतले अनुमति नदिएको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संघ सरकार, स्थानीय सरकारभन्दा बढी प्रदेश संरचनाप्रति जनताको भरोसा बढी रहेको बताएका छन्। आज (शुक्रबार) धनगढीमा आयोजित संघ, प्रदेश तथा स्थानीय तहको अधिकार सूचीको कार्यविस्तृतीकण परिमार्जन सम्बन्धी प्रारम्भिक सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्। उनले दुई तहको सरकार यसअघि रहेपनि अहिले प्रदेश संरचनाप्रति विश्वास बढेको बताए। उनले सङ्घीयतालाई अझै बलियो बनाउन अधिकार प्रत्यायोजन गर्न र कार्यान्वयन गर्न कन्जुस्याइँ गर्न नहुने बताए। ‘प्रदेशलाई अल्लि बढि भरोसा गर्न लागेका छन्। तर, प्रदेशको अधिकार केही बुझ्न नसकिएको अवस्था छ। सङ्घीयतालाई बलियो बनाउन खोजेको हो भने कसैले पनि कन्जुस्याइँ…

Read More