Author: महेन्द्रनगर पोष्ट

पदम जोरा, डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका- ३ का दुर्गम बस्तीमा विद्युतीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान अन्तरगत दुरदराजका बस्तीमा विद्युतीकरण भइरहेको वितरण केन्द्र प्रमुख रमेश अवस्थीले जनाए।विगतदेखि नै पोल गाड्ने र तार खिच्ने जिम्मा पाएका ठेकेदार बेपत्ता हुँदा विद्युत बिस्तारमा समस्या सृजना भएको उनको भनाई छ। २०७८ मा नै काम सक्नुपर्ने भए पनि आर्थिक मन्दीको बहानामा ठेकेदार र निर्माण कम्पनीले ढिलो गरेको उनले स्वीकारे। परशुरामका धेरै दुर्गम बस्तीमा अझै बिजुली नपुग्दा अन्धकारमय छन्। परशुराम १, २, ३, ८ र ११ का पहाडी क्षेत्रहरुमा ढुवानी समस्याका कारण विद्युत बिस्तार हुन सकिरहेको छैन। गाउँमा विद्युत बिस्तार…

Read More

काठमाडौं: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ। सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन्। कार्यसमितिमा ७१० जना मनोनीत भएका छन्।

Read More

डडेल्धुरा: हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो। पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’ यात्रु ललित जोशीले भने। उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।

Read More

काठमाडौं: अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो। बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ। पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ।

Read More

कैलाली: देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ। हाल कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ। दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छम सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो। सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ। सूची हेर्न तलको लिंक क्लिक गर्नुस् https://drive.google.com/file/d/11WFODCcRl9Cpf84fM6UbR4peRTxq07Wg/view?usp=drivesdk

Read More

डडेल्धुराः अमरगढी नगरपालिका र मालम गाउँबासीबीच दुई बुँदे सहमति भएको छ। आफ्नो घरजाने सडक छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले आन्दोलित बनेका थिए। फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच सोमबार बेलुका सहमति भएको हो। फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन पर्ने सहमति बनेको छ। यस्तै, हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र आजकै मितिले तीन महिनाभित्र नगरपालिकाले थालनी गरी वैकल्पिक व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति…

Read More

कैलाली: कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार गरिएको छ। सोमबार राति आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्दार गरिएको हो। बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्र सिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, संगै नेपाली सेना, सशस्त्र प्रहरीक र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको हो । प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिला रहेको बताएको छ।

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना…

Read More