Author: महेन्द्रनगर पोष्ट

बैतडीः बैतडीमा एक सासुले आफ्नै बुहारीलाई हसिँयाले प्रहार गरेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका–५ मा सासुले बुहारीलाई हसियाले प्रहार गरेर घाइते बनाएकी छन्। बैतडीकोे सुर्नया गाउँपालिका हरिचनकी जैमती मडैले आफ्नै बुहारी राधिका मडैलाई हसिँयाले प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। पीडित महिलाकी भाउजु सरीता बोहरा महराका अनुसार शनिबार दिउँसो जैमतीले हसिँयाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई वटा घाउ र खुट्टामा पनी घाउ बनाएकी छिन्। हसिँयाले प्रहार गर्दा उनी भागेर माइत पुगेकी थिइन्। सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उनले बताइन्। तीन वटा छोराछोरीकी आमा रहेकी राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ। सासुले हसिँयाले प्रहार गरेपछि घाइते…

Read More

धनगढीः कैलालीमा ट्रक दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ ए गाउँमा आइतवार दिउँसो से १ क १३३० नम्बरको कुखुरा बोक्ने ट्रक दुर्घटना भएको हो। ट्रक पानी निकासी हुने कल्भर्टमा ठोक्कीएर पल्टीएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर : वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गरेको पाईएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उनले तटबन्धको काममा अवरोध गरेका हुन् । वडा अध्यक्ष नरेन्द्रबहादुर बोहराले ठेकेदारको काम गर्दैआएका छन् । विगत देखि नै प्राकृतिक सम्पदाको दोहन गरेर वडा अध्यक्षले आर्थिक लाभ लिँदैआएको स्थानीयको भनाइ छ । वडा अध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अघि सारेर उनले खोला दोहनको काम गरिरहेका स्थानीयको गुनासो छ । ‘वडा अध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन्’ स्थानीयले भने, ‘सबै वडा अध्यक्षबाटै परिचालित मान्छे हुन् ।’ वडा अध्यक्ष बोहराले पनि आफूले काम नगरेको बल्कि…

Read More

धनगढीः महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ। पुल जिर्ण भैसकेको कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावतमा बन्देज गरिएको हो । शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल भारत मैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्धार र दिल्ली चल्ने बसहरु समेत पुल वारी नै रोकिएका छन। आइतवार बिहान १० बजे देखि महाकाली नदीको जलस्तर बढन शुरु भएको हो। ४ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। जल तथा मौसम…

Read More

सुरुङ्गा : बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो । औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ । विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण…

Read More

काठमाडौं : राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका एक क्वीन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आज आइतबार जिम्मा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्वीन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ ना हिरासतमा छन् ।

Read More

धनगढीः कैलालीको एक सामुदायिक विद्यालयमा तोडफोड गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरमा रहेको केदारेश्वर आधारभूत विद्यालयमा शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोड्नुका साथै डेस्क बेन्च समेत तोडफोड गरेको हो । विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोका तोडफोड गरेको बताए। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए। प्रधानाध्यापक भट्टराईले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखेका छन् । उनले विद्यालयमा यस्ता घटनाहरु बारम्बार हुने गरेको बताए। उनले आफु प्रअ भएर आइसकेपछि मात्रै यो लगाएर चौथो पटक विद्यालयमा तोडफोड भएको बताए।

Read More

धनगढीः कैलाली र दार्चुलाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी ३२ हजार मुल्य बराबरको चिनी, चना, मिठाई, लेडिज सुट, कुर्ती लगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार दिउँसो बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ थक्तोलीबाट भन्सार छलीका अन्दाजी ६५ हजार आठ सय मुल्य बराबरको बिडी प्रहरीले आईतवार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : गत असार २४ गते पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन्। वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतको आइतबारको आदेशअनुसार जेल चलान गरिएको हो। जिल्ला अदालत सुर्खेतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई(दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए। असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए। उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका…

Read More

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो । बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए । ‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भनेका थिए । त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका…

Read More