Author: महेन्द्रनगर पोष्ट

दोधारा चाँदनी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए । “सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा उपयोगी माध्यम बनेको छ”, प्रदेश प्रमुख जोशीले भने, “समाजको विकासका लागि संस्कृतिको ठूलो भूमिका हुन्छ ।” उनले पछिल्लो समय विभिन्न सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेकाले पछिल्लो पुस्ताले समेत संस्कृतिको बारेमा जान्ने अवसर पाएको बताए । “अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्यरुपमा हुने गरेको छ”, उनले भने, “यसले सुदूर…

Read More

बाजुरा: शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् । रासस

Read More

कैलाली: देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ। केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, म्याग्दी, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, अछाम, बझाङ, दैलेख, कालीकोट, बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट शनिवार साँझ ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २१ वर्षीय सन्जीव चौधरी पक्राउ परेको हुन्। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आइरहेका चौधरीको साथबाट ब्राउनसुगर फेला पारिएको हो। थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

Read More

डडेल्धुरा: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर एक किशोरको ज्यान गएको छ। जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो। हिजो (शनिबार) डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

डोटी: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनले बताए। आइतवार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन। प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरु समेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ। राजमार्ग अवरुद्ध हुँदा…

Read More

बैतडी: बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्। घर नजिकैको जंगलमा गोठालो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए। उनको धनगढीमा उपचार भइरहेको छ।

Read More

बाजुरा: बाजुराको जगनाथ गाउँपालिकामा श्रेस्ता कागतपत्र नमिलाउँदा १७ करोड रुपियाँ बढी बेरुजु देखिएको महालेखा परीक्षकको लेखाप्रतिवेदनले उल्लेख गरेको छ।कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय लिज्जा पुरस्कारबाट जिल्ला प्रथम भएको गाउँपालिकामा दर्जनौं कमजोरी रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदनले बेरुजु असुली लक्ष्यअनुसार नभएको, कर्मचारी दरबन्दीअनुसार स्थायीपदपूर्ति नभएको, विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको, अनुदानप्राप्त योजनाको अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिएको लगायतका दर्जनौं कमजोरी औंल्याएको हो। यस्तै विगत २०७८/०७९ सम्मको बेरुजु रकम १२ करोड ४५ लाख ४० हजार देखिएको छ। गत आर्थिक वर्ष ७९”०८० को मात्र ४ करोड ७३ लाख ४५ हजार गरी १७ करोड १८…

Read More

काठमाडौं: मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। उस्तै संख्यामा घाइते भएका छन्। भूकम्पमा परी दुई हजार १२ भन्दा बढीको ज्यान गएको छ। दुई हजार ५९ जना घाइते भएका छन्। धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

Read More

बझाङ: बझाङमो कालङ्गा नदी तर्दा एक वृद्ध बेपत्ता भएका छन्। बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी सोही नगरपालिकाको १ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा नदी तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धामीको खोजतलासका र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Read More