Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ। एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ। दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका- १२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो। खोजीकै क्रममा उनमो शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए। घटनाकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको विद्यालयको माथिल्लो तलामा आगलागी भएको हो। आज(बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

डडेल्धुराः डडेल्धुराका निरज देउवाले दक्षिण कोरियामा रजत पदक जितेका छन्। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। प्रतियोगितामा ताइवानले स्वर्ण जित्दा दक्षिण कोरियाले कस्य पदकमा चित्त बुझायो। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More

कैलाली: सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। ३ दिने स्पष्टिकरण सोधिएकोमा दिन कटेपछि भट्टको राजीनामा पत्र आएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका- १ का पहिरो पीडित विगत केही समयदेखि विद्यालयमा बसिरहेका थिए। मालागाँउ र भोकागाउँका २२ परिवार साउन ८ गतेदेखि जनज्योति आधारभूत विद्यालयमा बसोबास गरिरहँदा विद्यालयको पठनपाठन प्रभावित बनेको थियो। तर, हिजो उनीहरुलाई टेन्ट बनाएर नजिकको सुरक्षीत टाँक भन्ने स्थानमा सारिएको छ। गृह मन्त्रालयले प्रदेश सरकारमार्फत जिल्ला दैवीप्रकोप उद्दार समितिलाई पठाएको २२ टेण्ट सुरक्षीत स्थानमा लगाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो। उनीहरुको स्थानान्तरण गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र जिल्ला सुरक्षा समितिको टोली पहिरो प्रभावित गाउँमा पुगेको थियो। पीडित परिवारलाई रुडुक डडेल्धुराले ४२ वटा कम्बल र २२ बाल्टिनसमेत हस्तान्तरण गरेको छ। यस्तै एमपिडिएस र आस्था नेपालले २२…

Read More

बैतडी: गौरा पर्वको तिथीका विषयमा विवाद कायम रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ। नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।  गौरा पर्वका विषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ। कतिपय ज्योतिषहरुले यो वर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन्। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ।  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८०…

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित…

Read More

धनगढी: नेपाली सेनाका एक दर्जनभन्दा बढी सिपाही लापता भएको पाइएको छ। करिब एक महिनाको पिरियडमा एक दर्जन बढी सिपाही कर्मचारीहरु गायब भएका हुन्। स्रोतका अनुसार उनीहरु कोही भागेर त कोही बिदा मागेर सम्पर्कविहीन भएका हुन्। यसरी सम्पर्कविहीन हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–४, तिरतिरेका भीमबहादुर बस्नेतका नाति एवं डिल्लीबहादुरका छोरा सुजन बस्नेत रहेका छन्। उनी आफ्नो घरमा समस्या भएको भन्दै असार २२ गतेदेखि छुट्टी गएकामा थिए। ब्याच नम्बर ३०७८८१ भएका उनी असार २९ गते हाजिर हुनुपर्ने थियो। त्यस्तै, संखुवासभाको सिलिङचोङ नगरपालिका–९, सिसुवाखोला घर भएका सिपाही दीपक कुलुङ पनि लापत्ता छन्। असार ४ गतेबाट ३० दिन छुट्टीमा बसेका उनी साउन २ गते कार्यालयमा…

Read More

काठमाडौं : राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ। आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन्। जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ। बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ। निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य…

Read More