Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह–संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको तामाङले बताए । उनका अनुसार, शनिबार घोषणा गरिएको कमिटीले आगामी ३–५ असोजसम्म महाधिवेशन गर्नेछ । तर पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पक्षधर नेताहरुले भने शनिबार गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । खनाल निकट…

Read More

धनगढीः वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह बी का खेलहरू आजदेखि सुरु भएका छन्। उक्त समूहको पहिलो खेलमा आज अछामले बझाङलाई ९८ रनले हरायो। जितका लागि पाएको १६४ रनको लक्ष्य पछ्याएको बझाङ २३.१ ओभरमा ६५ रनमा समेटियो। उसका लागि पारस रोकायाले २४ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। अछामका लागि युवराज खत्री एक्लैले ६ विकेट लिए। म्यान अफ द म्याच समेत भएका युवराजले ४.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २ रन मात्रै खर्चिएर ६ विकेट हात पारेका हुन्। त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेको अछामले ३८.३ ओभरमा १६३…

Read More

काठमाडौं : सगरमाथामा पहिलो पटक ड्रोन डेलिभरी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले ​ खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण कार्य सकेको जनाएको छ । ​ बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन उडान परीक्षण गरेको जानकारी दिएको हो । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षण सञ्चालनलाई सहजीकरण गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ । डीजेआईले सार्वजनिक गरेका तस्वीरहरूमा अक्सिजन सिलिण्डरहरू लामो लाइनमा झुण्डिएको देखाइएको छ, जुन ड्रोनले बोकेको छ । यसमा बोतलहरू र अन्य सामग्रीहरू ड्रोनले गन्तव्यमा पुर्‍याई फर्किने क्रममा फोहोर…

Read More

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्थित्व समाप्त हुने देखेपछि आफूले तत्कालीन अवस्थामा संसद् विघटन गरेको बताएका छन् । एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो । आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए । अध्यक्ष ओलीले एमालेबाहेक…

Read More

काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य बनाएको थियो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी कंग्रेसलाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दाको प्रयासमा एक दशक अघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कंग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयन गर्न सर्वसम्मतिले मतदान भएको थियो…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रण स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जाने भएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाने कार्यक्रम तय भएको छ। भारतको राष्ट्रपति भवनले आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ। प्रधानमन्त्री मोदीले शपथ लिएपछि भोलि नै समकक्षी मोदीसँग भेटवार्ताको कार्यक्रम पनि तय भएको छ।…

Read More

काठमाडौं : सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ…

Read More

धनगढीः कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो। उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारको क्रममा सेती  प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ। आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.अर्जुन भट्टले भने, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।”  महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच जनाको टोलीसहित भोलि नयाँ दिल्ली जान लागेका छन्। उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम रहने बताइएको छ। प्रधानमन्त्री दाहाल भोलि साँझ नयाँ दिल्लीमा आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री पर्सि साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ।

Read More