Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा अविरल वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेकाे छैन्। गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे। डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ। सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताए। उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ।…

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो। बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।

Read More

काठमाडौँ:  नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ। बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ। टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ।  

Read More

दार्चुला: पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ। अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो मंगलबार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।

Read More

धनगढी: कैलालीको धनगढीका २ ठाउँबाट प्रहरीले २ ग्रामभन्दा धेरै ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। प्रहरीले धनगढी उपमहानगरपालिका–४ सत्कार चोकको एउटा घरमै छापा मारेर तथा त्रिनगर भन्सार गेट नजिक शङ्काको आधारमा चकजाँच गर्दा ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सत्कार चोकको एउटा घरमा छापा मारेर १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय रोशन सिंहसमेत ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरको एउटा कोठामा खानतलास गर्दा उक्त पदार्थ फेला पारी तीनैजनालाई पक्राउ गरेको बताइएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६ सय ५० मिलिग्राम ब्रोनसुगरसहित…

Read More

काठमाडौं: नेपाली सेनाका केही जर्नेलको पुनः सरुवा भएको छ। जसअन्तर्गत सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ। तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन्। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ। नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई चिफ अफ स्टाफ, उत्तर पश्चिम पृतना हेडक्वार्टरमा लगिएको प्राप्त विवरणमा उल्लेख छ । लक्ष्मण थापालाई नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत…

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार गरिएको छ। हिजो(मंगलबार) साँझ ६ बजेदेखि खोलाको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको हो। उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।

Read More

डडेल्धुरा: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज पूनः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ । काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको २ २ सिक्स प्रतिकुल मौसमका कारण भैरहवा डाइभर्ट गरिएको थियो । नेपालगंजमा प्रयास गर्दा समेत नसकेपछि जहाज भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

Read More

धनगढीः जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्। दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए। प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।

Read More