Author: महेन्द्रनगर पोष्ट

मणिपुर : अघिल्लो साता दुई कुकी महिलालाई ‘नग्न बनाएर हिँडाएको’ भिडियो भाइरल भएपछि भारतीय राज्य मणिपुरको थोरबुङमा पुनः हिंसा भड्किएको छ । मैतेई र कुकी समुदायबीच द्वन्द्व थप चर्किंदै जाँदा थोरबुङमा लगातार गोलाबारी भइरहेको छ । हिंसाग्रस्त मणिपुरमा गोलाबारी मात्र होइन, ‘मोर्टार हमला’ पनि भइरहेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो छ दिनदेखि मणिपुरको काङ्वे गाउँमा मैतेई र कुकीबीच गोली हानाहान भइरहेको स्थानीयरूले बताएका छन् । ‘म घर छाडेर छेउतिरको शरणार्थी शिविरमा सरेको छु । असम राइफल्सको क्याम्प मेरो घरबाट ३०–३५ मिटर मात्र टाढा छ । तर, हिजो राती कुकी जातिले चर्को गोलाबारी गरे । मेरो घरमा छापा मारिएको छ ।…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भोली देखी धनगढीमा सुरु हुने भएको छ। नेकपा एमाले प्रदेश स्कुल विभागको आयोजनामा धनगढीमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो। भोली देखी सुरु हुने प्रशिक्षण तीन दिन सम्म जारी रहने छ । प्रशिक्षणका लागि एमाले उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली धनगढी पुगिसकेका छन् । ज्ञवाली सहित केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य कर्ण थापा, एमाले पोलिट ब्युरो सदस्य तथा प्रदेश स्कुल विभाग समन्वय संयोजक राजेन्द्रसिंह रावल, केन्द्रीय स्कुल विभाग सचिव ईश्वरी रिजाल लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षणमा…

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक प्रहरी नै पक्राउ परेका छन्। आज(शनिबार) साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ – एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटिलाई उनले धन्यवाद दिएका छन्।निर्वाचनमा सहभागी भएपछि कोहि पहिलो हुने र दोश्रो हुने लोकतान्त्रिक प्रकृया भएकाले यस अभियानमा जित हार हुँदैन भन्नेमा आफू बिश्वाश गर्ने उनले बताए। ‘मलाई लाग्छ , समाजको लागी केहि गर्छु भनेर हिड्ने व्यक्तिले कहिले पनि हार्दैन, त्यसैले हामीले ( हाम्रो कार्यकालमा निर्वाचनमा सहभागी हुनु भएका सबै साथीहरुको उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गर्दछौ। हामीले…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहेको बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुति ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गरे। ‘सीमित स्रोत साधनका बावजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ,’ उनले भने। सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको…

Read More

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित बैठकहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने ‘ तयारी नपुगेकाले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी तत्कालका लागि स्थगित भएको छ । ’ भोली बैठक बसेर अब कैले बैठक बस्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई छ। अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् ।

Read More

धनगढी: नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको साँफेबगरको प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राजेन्द्र कोलीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। जसमा कमिटीको उपाध्यक्ष प्रदिप विक, महिला उपाध्यक्ष मिना रावत, सचिव लोकेन्द्र विष्ट, सह-सचिव रोशनी साउद र कोषाध्यक्षमा सरस्वती थापा चयन भएका छन्। नेकपा एमालेका नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको प्रथम अधिवेशन कार्यक्रमका प्रमुख अतिथि एमालेको पर्यटन प्रर्वद्धन तथा नागरिक उडड्यन विभागका सदस्य रमेश कुँवर थिए। नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै पर्यटन विभागका सदस्य कुँवरले खेलकुद क्षेत्रको विकासको लागि स्थानीय स्तरबाट प्रतिभाको खोजी हुनुपर्नेमा जोड दिए।

Read More

काठमाडौँ : सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन। प्रधानमन्त्री दाहालको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो। बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ।

Read More

धनगढी: धनगढीका आलोक थापाको देहावसान भएको छ। आज (शनिबार) थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए। हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन भनेर गएका थिए। भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए। अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

सर्लाही : सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ। बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

Read More