Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ फागुनमा विवाह भएको थियो ।

Read More

सिन्धुपाल्चोक: दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित चार युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका४ बाट शून्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन् । डोटीको पूर्वीचौकी गाउँपालिका-५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका-७ का २८ वर्षीय बलबहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका-९ का २६ वर्षीय नवीन भट्ट र सोही ठाउँका ३० वर्षीय सिद्धराज पनेरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

रसुवा: अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read More

बाजुरा: बाजुराको धार्मिकस्थल बडीमालिका मन्दिर परिसरमा नेपाली सेनाले सरसफाइ गरेको छ । ४ हजार २१२ मिटरको उचाइमा रहेको बडीमालिका मन्दिरमा सेनाको बाजुरास्थित दुर्गाभन्जन गुल्मले सरसफाइ गरेको हो । बडीमालिकामा जनैपूर्णिमाको अवसरमा लागेको मेलाका क्रममा भएको फोहोर सेनाले व्यवस्थापन गरेको छ । दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकबाट गएको टोलीले बडीमालिका मन्दिर परिसर त्रिवेणी पाटन क्षेत्रबाट २२ बोरा फोहोर संकलन गरी व्यवस्थापन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धमेन्द्र बहादुर सिहंले बताए । मन्दिरको सौन्दर्य तथा प्राकृतिक सौन्दर्यलाई मध्यनजर गर्दै दुर्गाभन्जन गुल्मबाट खटिएको एलआरपी टोलीले संकलन गरेको २२ बोरा फोहोर उचित स्थानमा डिस्पोजल गरेको गुल्मपती सिंहले बताए । नेपाली सेनाले बडीमालिका मन्दिरमा लाग्ने मेलामा मेला…

Read More

धनगढीः नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन गरिएको छ । चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा “घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू” नामक पुस्तक प्रकाशन गरेका हुन् । डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्क्षी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म पाइएका ३९० प्रजातिका चराको बारेमा पुस्तकमा उल्लेख गरिएको पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले…

Read More

बैतडी: बैतडीमा पनि नेकपा माओवादी केन्द्रको ‘विशेष रुपान्तरण अभियान’ सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुल माध्यमबाट देशका ७५३ ओटै स्थानीय तहमा अभियानको उद्घाटन गरेसँगै बैतडीमा पनि हिजो (शनिवार)बाट अभियान सुरु भएको हो । वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान थालिएको बताइएकोे छ । बैतडीका ८४ ओटै वडामा अभियान सुरु भएको छ । अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । तीन महिनासम्म सञ्चालन हुने अभियानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेका कामलाई सफल बनाउनका लागि छलफल गर्ने लगायतका कार्य गरिने माओवादी केन्द्रले जनाएको छ ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा लगायत बाँकी…

Read More

संखुवासभा: संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ। पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो। कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन्। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति रोष प्रकट गरेका छन् । शनिबार महानगरको गाठी राेकिएकोमा मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै भाेलिबाट महानगरपालिकाको गाडी रोकेको खण्डमा सिंहदरबारमै आगो लगाइदिन्छु भन्दै रोष प्रकट गरेका छन् । उनी लेख्छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’

Read More