Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको बरिष्ठ हवल्दार पदका लागि ११८ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । सूचीः

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । फारवेष्ट फिटनेस एन्ड स्पोटर्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रोलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँसहित अन्य जिन्सी सामान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने जानकारी क्लबका अध्यक्ष मोहन तामाङले दिए । सहभागिताका लागि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म नाम दर्ता गराउन सकिने पनि उनले बताए ।…

Read More

डोटीः अविरल वर्षाका कारण डोटीमा एक घर भत्किएको छ। जिल्लाको शिखर नगरपालिका–२ खचडाका घनश्याम कामीको ढुङ्गा, माटो, काठले बनेको स्लेटले छाएको ३ कोठे घर आइतबार राति भत्किएको हो। घरभित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगाएत फर्निचरमा क्षति पुगेको छ। घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : सत्तारुढ दलहरूका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरूले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा चर्चा भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा ठोस जवाफ दिएनन् । उनले दोषीहरू कोही पनि नछुट्ने बताएका छन् । यसैगरी गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको थियो । मारिएका…

Read More

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ । चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन…

Read More

बाजुराः बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ।

Read More

कैलाली : कैलालीको अत्तरिया उधोग बाणिज्य संघविरुद्द अख्तियार उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीलाई छानबिन गर्न निर्देशन दिइएको छ । सोही अनुसार छानबिनको लागि प्रसाशन कार्यालय कैलालीले बाणिज्य तथा आपुर्ती कार्यालयका प्रतीनिधी संयोजक रहने गरी ४ सदस्ययी समिती गठन गरेको छ । समितीलाई श्राबण २५ देखि १० दिन भित्र काम सक्न भनिएको छ। अख्तियार महेन्द्रनगर कार्यालयमा ५ वटा बुँदासहित उजुरी परेको छ। जस अनुसार संस्थाको बिधान बिपरित कार्य समितीको साधारण सभा ५ बर्ष सम्म पनि नगरेको, संघले सन्चालन गरेको महोत्सबमा नक्कली टिकट छापेर ब्यापक भ्राष्टाचार गरेको सो सम्बन्धी हरहिसाब कार्य समितीका पदाधिकारी तथा सदस्यलाई समेत जानकारी नदिएको, सदस्यता थप तथा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिएको ब्रेक शुमा बरामद गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार साउन २ गते सिनामंगलबाट बरामत गरिएको सुन आज ब्रेक शुबाट छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राष्ट्र बैंक, अनुसन्धान विभाग र सिआइबीको रोहबरमा सुनको पगालेर जोखेको थियो । राजश्व अनुसन्धान विभागले सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे…

Read More

बैतडीः पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको बैतडीको जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन्। गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो। सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

Read More

धनगढीः कैलालीको अत्तरियाबाट एक महिलाको उद्धार गरिएको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट सरस्वती अधिकारी विष्ट नाम बताउने २६ वर्षीया महिलाको उद्धार गरिएको स्थानीय युवा दिपक ओझाले बताए। ठेगाना भने खुलेको र मानसिक अवस्था ठिक नभएकी ती महिलाको उद्धार गरेर धनगढीमा रहेको दृष्टि फाउण्डेशनमा राखिएको छ।

Read More