Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा झण्डै छ वर्षदेखि करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाएको हो । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । गाउँपालिकाले करारमा रहेका सब इन्जिनियरदेखि कार्यालय सहयोगीलाई सेवाबाट हटाएको हो । सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

Read More

काठमाडौँ – बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।।

Read More

काठमाडौँ : चितवनको मुग्लिन-नारायणगढ सडक-खण्डमा पुनः दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो। इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ।

Read More

धनगढीः कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव सामुदायिक वनभित्र फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले बताए । ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो। मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ। उनको हत्या गरेको हुन सक्ने अनुमान छ। घटनास्थलमा डोरीसमेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन्। थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Read More

धनगढी : माओवादीका नेता शंकर लुहार ‘धुगाल’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध षड्यन्त्र गर्न खोजे जनसेना तयार गर्न चेतावनी दिएका छन्। आज आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो चेतावनि दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइल खोल्न थालेपछि उनीविरुद्ध षड्यन्त्र भइरहेको उनको दावी छ। उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड सरकारले एक क्विन्टल सुन काण्ड, ललिता निवास जग्गा प्रकरण लगायतका विभिन्न भ्रष्टाचारका फाइल खोली रहेको छ, प्रतिक्रियावादीहरुलाई कुनैपनि षड्यन्त्र गर्ने प्रयास गरे भने सुदूरपश्चिमबाटै विद्रोह गर्छौं।’ प्रचण्ड व्यक्ती नभएर विचार भएको उनले दावी गरेका छन्। उनले प्रचण्ड सरकारले काखा पाखा नगर्ने गरेको पनि बताएका छन्। यस्तै धनगढी उपमहानगरपालिकामा पनि नीतिगत भ्रष्टाचार भइरहेको…

Read More

काठमाडौँ : बागमती प्रदेश सरकारले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए। यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

Read More

चितवन: पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै…

Read More

कञ्चनपुरः कञ्चनपुरमा सडक (बाटो) नै नभएको ठाउँमा पुल निर्माण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ मा सडक नै नभएको ठाउँमा पुल निर्माण गरिएको हो। २०७७/७८ मा वडा कार्यालयले ५ लाखको लगानीमा उपभोक्ता समिति बनाएर सो पुल बनाएको हो। पुल निर्माण भइसकेपछि वडा कार्यालयबाट बजेट विनियोजन नहुँदा पुललाई सञ्चालनमा ल्याउन नसकिएको पुल निर्माण उपभोक्ता समितिका सचिव नारायण गिरीले बताए। पुल निर्माण गरिएपछि सडक पनि बनाउने भनिएकोमा अझै पनि सडक नबनेको हो। पुल भने करिब दुई वर्ष अगाडि नै बनेको थियो। तर, सडक नबनेका कारण पुल प्रयोगविहीन रहेको छ। त्यहाँ खोला पनि नरहेको स्थानमा पुल बनाइएको भन्दै अहिले विरोध भइरहेको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्की रहेका प्रहरीले बताएको छ । जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते उनलाई वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई आज उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अदालतले कारागार चलान गरेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका एक वृद्ध काठमाडौँको किर्तिपुरबाट हराएका छन् । कृष्णपुर नगरपालिका-९ राजघाटका ८० वर्षीय वाशुदेव उपाध्याय आइतवार कोठाबाट नै हराएका हुन् । उनलाई कसैले कहीँ कतै देखे वा भेटाए नजिकको प्रहरी वा ९८४८७६५१६८/९८४८५७८०५७ मा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।

Read More