Author: महेन्द्रनगर पोष्ट

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम टिभिआरएस सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको बताए । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालिएको उनले बताए । उनले जिल्ला भित्रमा जुनसुकै ठाउबाट पनि जरीवाना तिरेर आफ्ना कागजात लिन सकिने बताए ।…

Read More

काठमाडौँ: काठमाडौँस्थित अमेरिकी दूतावासले प्रेस तथा मिडिया कोअर्डिनेटर चाहिएको सूचना निकालेको छ । अमेरिकी दूतावासको टोलीसँग काम गर्न इच्छुक मिडिया पर्सनलाई आवेदनको निम्ति आह्वान गरिएको छ । जुलाई २६ तारिखभित्र आवेदन गर्न सकिने जनाउँदै दूतावासले भनेको छ, ‘कुनै कागजी निवेदन वा इमेल स्वीकार्य हुने छैन । तोकिएको वेबसाइटमा गएर सावधानीवशः फर्म भर्नुहोला ।’

Read More

नुवाकोट: नुवाकोटको लिखु गाउँपालिका ६ को वडा कार्यालयभित्र केही कर्मचारी र जनप्रतिनिधिले दिउँसै रक्सी सेवन गरेका छन् । उनीहरुलाई स्थानीयले रक्सी सेवन गरिरहेको अवस्थामा फेला पारेका हुन् । वडा कार्यालयमा पटक पटक यस्तो हर्कत दोहोरिएपछि आफूहरुले खिचेको फोटो र भिडियो समाजिक सञ्जालमा बाहिर ल्याउनुपरेको स्थानीयले बताएका छन् ।

Read More

काठमाडौँ: भारतीय गुप्तचर संस्था ‘र’ को नेपालस्थित कार्यालयमा दुई जना अधिकारी थप भएका छन् । लामो समयदेखि भारतीय इन्टेलिजेन्स विभागको यहाँस्थित कार्यालयमा एउटा दरबन्दी खाली थियो । अघिल्लो महिना नेपाल आएर भर्खरै ‘र’ प्रमुखमा नियुक्ति पाएका रवि सिन्हाले नेपालस्थित डेस्कको रिक्त पदमा दार्जिलिङका एक नेपालीभाषी पुरुष र एक महिलालाई नियुक्त गरेका छन् । अहिले नेपालमा ‘र’को १७ सदस्यीय टोली सक्रिय छ ।

Read More

काठमाडौँ : नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार स्थानीय तहले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बागमतीका २४, गण्डकीका सात,…

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। कालिकोटेमाथि गत असार १९ गते मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।

Read More

धनगढीः सुनसरीको वराहक्षेत्र नजिकै सप्तकोशी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ। कोशी किनारमा युवतीहरूको एउटा समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीकाअनुसार फरार चार जनाको खोजी कार्य भइरहेको छ। गत शुक्रबार सप्तकोशी किनारको राजाबासमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका थिए। उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ मनहेराको ग्यारेजबाट लागुऔषध १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। यसैगरी टीकापुर नगरपालिका–८ कर्मिडाँडाबाट अवैध लागुऔषध करिब २ ग्राम १९ मिलिग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरेको जनाएको छ।

Read More

काठमाडौँ : नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुइटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो । दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो । सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्ती भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’ जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परे । निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज…

Read More

कञ्चनपुरः बैंकिङ्ग कसुरमा कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिका चक्र विष्टलाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि बैंकिङ्ग कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विष्टलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More