काठमाडौं : बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । बिहीबार उनी दुईदिने भ्रमणका लागि इजरायल पुगेका हुन् । इजरायलमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपतिसँग भेट गरेका छन् । प्रधानमन्त्री नेतन्याहुसँगको भेटमा बेलायती प्रधानमन्त्री सुनकले हमासलाई सजाय दिने इजरायली अधिकारको सम्मान गर्ने बताएका छन् । साथै उनले हमासले भन्दा इजरायले नागरिकलाई कम क्षति गर्ने प्रयास गरेको बयान दिएका छन् । उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै हमासविरुद्ध इजरायलले गर्ने कारबाहीको सम्मान र समर्थन रहेको बताएका छन् । राष्ट्रपतिसँगको भेटमा गाजामा मानवीय सहायताका लागि भएको घेषणाको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार, सुनक र राष्ट्रपति हरजोगले गाजामा प्यालेस्टाइनी नागरिकलाई…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। उनलाई चीन भ्रमणकै क्रममा बेला बिहीबार बिहान बेइजिङमा हृदयघात भएको थियो। त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।
कैलालीः कैलालीका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलीका अन्दाजी १९ हजार ३ सय ७० मूल्य बराबरको चिनी, मिठाई, नरिवल, खुर्सानी लगायतका सामान, टिकापुर नगरपालिका–७ सोनाफाटाबाट अन्दाजी ४६ हजार मूल्य बराबरको लेडिज सुट, साडी लगायतका सामान बरामद भएको छ। यस्तै भजनी नगरपालिका–७ कुरुवा घाटबाट अन्दाजी ९ हजार मूल्य बराबरको अबैध बोईलर कुखुरा र भजनी नगरपालिका–८ कृष्णनगरबाट अन्दाजी ६ हजार मूल्य बराबरको सुर्ती, सलाई, बिडी लगायतका सामान गरि जम्मा ८० हजार ३ सय ७० मूल्य बराबरको सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी…
धनगढीः कैलालीबाट लागुऔषधसहित एक युवतीसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीको नँया बस्तीबाट १ ग्राम लागुऔषधसहित सोही ठाँउका ३० वर्षीया दिपा बिष्ट र २३ वर्षीय भुपेश थापा बिहीवार साँझ पक्राउ परेका हुन्। लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ स्याउले बजारबाट १.०७ ग्राम लागुऔषधसहित सोही नगरपालिका–२ का २१ वर्षीय पवन धामी र भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्ने २३ वर्षीय कुश कार्की बिहीवार पक्राउ परेका हुन्। यसैगरि सोही ठाँउबाट ०.१० मिलिग्राम लागुऔषधसहित दोधाराचाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्कीसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी मोटरसाइकल २ थानसहित चार जनालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौँ : काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
बझाङ : धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ। जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । बस निकाल्ने प्रयास भइरहेको र मेसिन आएपछि बस तानेर मात्र राजमार्ग सुचारु हुने बताइएको छ।
काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको छ। इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ। प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।
बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–२ स्थित पाताल भुमेश्वर गेट नजिकै शुक्रबार बिहान सुपप्र ०१–००२त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको छ। ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ।
-करिश्मा मानन्धर समाजशास्त्रमा कुनै पनि नीति, नियम, सिद्धांत सर्वकालिन सर्वमान्य हुन सम्भव छैन । आज समय सान्दर्भिक भयेको सिद्धांत, विचार, भोलि नै असान्दर्भिक लाग्न सक्छन्। विभिन्न चलहरुको कार्यको परिणाम स्वरुप कार्य ठोस नहुन पनि सक्छन् ! त्यो समय अनुकुल नहुन पनि सक्छन् । आज सान्दर्भिक लागेको कुरा भोलि सान्दर्भिक नलाग्न पनि सक्छन् । यहि हो समाज विज्ञानको विशेषता । यो विशुद्ध विज्ञान जस्तो सर्वमान्य हुदैन । जसरी मानिसको जीवन चलायमान छ, मानिसको इच्छा आकांक्षा चलायमान छ, त्यसको परिणाम स्वरुप हरेक समाज चलायामान छ । यस्तोमा हिजो गरेका निर्णयले भोलि तगारो हाल्न पनि सक्छ । सन्दर्भ .. गैर आवसिय नेपाली संस्था…