-करिश्मा मानन्धर
समाजशास्त्रमा कुनै पनि नीति, नियम, सिद्धांत सर्वकालिन सर्वमान्य हुन सम्भव छैन । आज समय सान्दर्भिक भयेको सिद्धांत, विचार, भोलि नै असान्दर्भिक लाग्न सक्छन्। विभिन्न चलहरुको कार्यको परिणाम स्वरुप कार्य ठोस नहुन पनि सक्छन् ! त्यो समय अनुकुल नहुन पनि सक्छन् ।
आज सान्दर्भिक लागेको कुरा भोलि सान्दर्भिक नलाग्न पनि सक्छन् । यहि हो समाज विज्ञानको विशेषता । यो विशुद्ध विज्ञान जस्तो सर्वमान्य हुदैन । जसरी मानिसको जीवन चलायमान छ, मानिसको इच्छा आकांक्षा चलायमान छ, त्यसको परिणाम स्वरुप हरेक समाज चलायामान छ । यस्तोमा हिजो गरेका निर्णयले भोलि तगारो हाल्न पनि सक्छ ।
सन्दर्भ .. गैर आवसिय नेपाली संस्था (गैर आवासिय नेपालीहरु)
थुप्रै प्रश्न उब्जिएको छन !
– कुनै पनि परिणाम एक रातभरमा निस्किएको हुँदैन, यो अवस्था सम्म पुग्न, विभिन्न निर्णय र घटनाक्रमले सृजना गरेको परिणामको परिस्थिति हुन्छ ।
– कहिलेदेखि नेपाली अत्याधिक रुपमा बाहिरिने आवस्था भयो ?
– कस्तो कस्तो हैसियतले विदेश बस्ने तरिका आपनाए ?
– लोकतन्त्र, गणतन्त्रको यति लामो अभ्यासमा अहिले आएर मात्र यस्तो प्रश्न किन आयो ?
– गैर आवासीय नेपाली सामाजिक कार्य गर्ने संस्थाले राजनीति चासो लिएको आरोप किन आयो ?
– हरेक पार्टीको विदेश विभाग छ र यो बोल्दा येत्रो खैलाबैला भयो !
–उहाँ आफै भन्दै हुनुहुन्छ कि म पार्टीको विदेश विभागमा बसेर हरेक प्रवासीको निकट थिए !
– यदि हामी गैर आवासी नेपालीहरुको हस्तक्षेप राजनीतिमा चाहदैनौ भने त्यो विभागले गैर आवसीय नेपालीहरुलाई राजनीति हिसाबले जोडने, भेटने बुझने काम नगरु ! (राजदुतहरु हुनुहुन्छ, विद्यार्थी या अन्य प्रवासीका लागि)
– कुनै कुरा बल्झिन्छ भने त्यो एकल कारणले बल्झिएको हुँदैन, त्यहाँ बहुकारण हुन्छन् ।
– समाजका हरेक एकाइमा भएको परिवर्तनले सम्पूर्ण संरचनालाई प्रभाव पार्छ, बिदेशीने क्रम बढदो छ । भोलिको दिनको परिणाम झन यो भन्दा जटिल हुनसक्छ ।
– सत्य नाङ्गो हुन्छ ।
– झुठ खराब हो ।
– तर सत्य छोप्न कहिलेकाही महिन तहको पर्दा चाहिन्छ ।
– सबै कुराको समाधान छ । संयम् भएर गर्नुपर्छ ।
महिला शिक्षित नै भएपनि आफलाई लागेको कुरा बोल्न अझै सकेका छौ जस्तो लाग्दैन ! शब्द एकातिर व्यबहार एकातिर भएको यो अवस्थामा ! लागेका कुरा तर्कसहित राख्नुभयो त्यसको लागि चाहिँ गजब रामकुमारी झाँक्री ।