Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। तर स्रोतले दिएको जानकारीअनुसार भने पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन्। यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन्।

Read More

धनगढी: सास्कृतिक र खेल पर्यटनको विकासका साथै राष्ट्रीय अन्तर्राष्टिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखी धनगढी-१० को जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म जुगेडा कप २०८० भलिबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ,द्रोस्रो पुरस्कार ५५ हजार , तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको शुल्क रु. ३ हजार रहेको र उक्त टिम दर्ता भदौ २५ गतेसम्म गरिने छ । प्रतियोगितामा विगत वर्ष जस्तै नेपाल प्रहरी , शसस्त्र प्रहरी, नेपाल आर्मी का खेलाडी हरु लगायत नेपालका स्थानिय क्लब तथा खेललाइ रोमान्चक…

Read More

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का लागि नेताहरूको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो । आगामी भदौ १६ गतेदेखि माओवादीले सञ्चालन गर्ने तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्ला र पालिकाको जिम्मेवारी दिइएको छ । प्रदेश समितिको बैठकले प्रदेशका ११ जिल्लाका ८५ पालिकाका सात सय ७९ वडासम्म नेतालाई खटाएको हो । त्यसैगरी प्रदेश कमिटीका सदस्यलाई वडाहरू जिम्मेवारी तोकिएको छ । अभियानमा सात प्रदेशका सात वटा वडामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष…

Read More

बाजुरा: बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन । सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । बडीमालिका नगरपालिका ८ मा रहेको मार्तडी त्रिबेणी सडकको नेपाली सेनाले मर्मत गरेको छ । यस्तै जिल्ली पहिरोमा आवतजावतका लागि नेपाली सेना लगायत जनश्रमदान अभियान सुरु गरिएको छ । तर पहिरो भने पन्छिन समय लाग्ने उनले बताए । सडक अवरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अबस्थामा राखिने उनले बताएका…

Read More

धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (आइतबार) बाह्र लाख उन्चालिस हजार आठ सय पछत्तर मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र जिल्ला जिप्रका कैलालीको टोलीले सो सामान बरामद गरेको हो। धनगढी उप-महानगरपालिकाको विभिन्न वडा स्थानहरुबाट बरामद गरिएका ती सामानहरु थप कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाईएको जनाइएको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले १२ लाख ३९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको छ। आइतबार धनगढीका विभिन्न स्थानबाट १२ लाख ३९ हजार ८७५ रुपैया बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोलीले भन्सार छलीका सामान जफत गरेको हो। जफत गरिएका सामान भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । थारु समुदायले मनाउदै आएको गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले भोलि (सोमबार) मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ । त्यस्तै गोदावरी नगरपालिकाले पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्। विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए। उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको बताए । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे । सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएकोले त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्‍याए…

Read More

धनगढी: कञ्चनपुरमा बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार बालिकामाथि हातपात गरिएको भन्दै आइतबार विद्यार्थीहरु आन्दोलित भएका थिए । उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More