Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सांसद पदमा पुनर्बहाली गर्ने बाटो खुलेको हो । सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोकसभाले आज सोमवार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो । लोकसभाले पद बहाल रहेको सूचना निकालेपछि गान्धी लोकसभा बैठकमा पुग्दा कांग्रेसहित विपक्षी सांसदहरूले उनको स्वागत गरेका बीबीसी हिन्दीले जनाएको छ । केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य रहनुभएका गान्धीले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी)का सांसद पुर्णेश…

Read More

काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का,…

Read More

वेदकोट: कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीयवासी महेन्द्र बोहरा भन्छन्, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो…

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका-६ पाटन बाजरमा सञ्चालित दुई क्लिनिक सिल गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई क्लिनिक सिल गरेको हो । इलाका प्रहरी कार्यालय पाटन अगाडि सुर्खेतका फत्तबहादुर खड्काले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरेर सञ्चालन गरेको पाइएपछि सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । क्लिनिकबाट अवैध गर्भवतनका औषधी र चिकित्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधी समेत बरामद गरी नष्ट गरिएको छ । त्यस्तै, पाटन बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर दन्त क्लिनिक पनि सिल गरिएको छ । दर्ता…

Read More

महेन्द्रनगर: चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो । सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशङ्का मात्रै गरिएको छ”, उनले भने– “खोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरसमेत…

Read More

चितवन: चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतवार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला…

Read More

काठमाडौँ: विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइ आएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु/कोशी एन्डा न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष ६ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक…

Read More

डडेल्धुरा: आफ्नो घरजाने सडक छेउमै अमरगढी नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै वडा नम्बर १ मालम गाउँवासीले बिरोध गरेका छन्। हिजो ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै आज(सोमबार) उनीहरु सडकमै आएर बिरोध गरेका हुन्। ‘डिल्ली तेरो पाराले दु:ख पायो साराले, गफाडी मेयर चाहिदैन’ लगायतका नारा लगाउँदै स्थानीयले बसपार्कबाट जुलुस निकालेका छन्। उनीहरुले नाराबाजी गर्दै नगरपालिका घेराउसमेत गरेका छन्। शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका बेला नगरप्रमुख नजिकका एकजनाले हस्तक्षेप गरेको भन्दै स्थानीय झनै आक्रोशित बनेका छन्। अहिले नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, नगर प्रमुख डिल्लीराज जोशीले अहिलेसम्म वार्ता गर्ने प्रयास गरेका छैनन्। यद्यपि प्रमुख प्रशासकीय अधिकृत…

Read More

कञ्चनपुरः कञ्चनपुरमा म.१ च. ६९५ नम्बरको बोलेरो जिपसहित चालक शेरसिंह खड्का पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–११ का ४० वर्षीय खड्काको जिपभित्र प्रहरीले बिल भरपाई नभएका अवैध ब्रोईलर कुखुरा ५०० पिस फेला पारेपछि उनी पक्राउ परेका हुन् । आइतवार राति इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित राजमार्गबाट जिप र अवैध ब्रोईलर कुखुरासहित नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको इप्रका झलारीले जनाएको छ ।

Read More

काठमाडौँ: सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जिपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको छ । पहिरोका कारण केहीबेर राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भए पनि अहिले खुलिसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । रासस

Read More