Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चि प्रदेशको राजधानी बारे मुख खोलेका छन्। अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका हुन्। डडेल्धुरा पुगेर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत गरे। ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो ? यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने।

Read More

काठमाडौंः सोमबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Read More

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ। न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो। यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो। आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो। स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७…

Read More

डडेल्धुराः नेपाल स्वयमसेवी रक्तदाता समाज डडेल्धुराको अध्यक्षमा उपेन्द्र जोशी चयन भएका छन्। जिल्ला सदरमुकाममा बसेको बैठकले जोशीलाई अध्यक्षमा चयन गरेको हो। यसैबीच, रक्तदाता समाजले १२ सदस्यीय समिति पनि चयन गरेको छ। समितिको उपाध्यक्षमा माधव पन्त, महासचिवमा पुष्पराज पन्त, सचिवमा जयराज पाठक र कोषध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ। यस्तै सदस्यमा गणेश बिष्ट, नरेश पनेरु, मोहन देउवा, तीर्थराज भट्ट, सावित्री ऐर, पुजा बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ।

Read More

डडेल्धुराः कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टको सरुवा भएको छ। भट्टको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा भएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निणय अनुसार अधिकृत स्तर पाँचौ, छैटौ, सातौ र आठौं तहका २२ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।

Read More

पाल्पाः पाल्पामा तीज कार्यक्रममा झडप हुँदा एक युवकको ज्यान गएको छ। तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको हो। आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए । हत्याको…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको दाहसंस्कारका लागि ५ हजार प्रदान गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको ९औं स्थापना दिवसको अवसरमा विपन्न परिवारलाई दाहसंस्कार गर्न प्रति परिवार ५ हजार दिने निर्णय गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनले आर्थिक अवस्था कमजोर भएका परिवारले खर्च लिन नगर प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे। त्यसपछि नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम गएर उक्त रकम दिने हमालले बताए।

Read More

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का वडाअध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गर्ने भएका छन्। उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन्। उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जानकारी दिएको छ। साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन्। वडाअध्यक्ष नरेन्द्र थापामगर नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।

Read More

कैलाली: सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ। ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ। यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको…

Read More

धनगढीः कैलालीको टिकापुर नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ पानी ट्याङ्की नजिकबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २९ वर्षीय कुवेरराज वनलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारि पक्राउ गरेको बताएको छ। 

Read More