काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई सरकारले संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पेस गर्न स्वकृति दिएको हो। गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यसैअनुसार गृह मन्त्रालयले विधेयक अघि बढाएको हो। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो। मन्त्रिपरिषद्को विधयेक समितिमा छलफलपछि विधयेक संघीय संसद्मा पठाउने निर्णय भएको हो।
Author: महेन्द्रनगर पोष्ट
दार्चुलाः दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन्। घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ। यस्तै अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको साँफेबगर नगरपालिका–१२ खप्तडस्थित गोरु बाँध्ने गोठमा गोरुलाई घास हाल्न जानेक्रममा जंगली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन्। घाइते बालको न्याय हेल्थ हस्पताल बयलपाटामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
दार्चुला: भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ। मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई ललाईफकाई पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ। प्रहरीले ०७७ भदौमा बलात्कार आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए। बिहीबार बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको हो। १६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्।…
खटिमा, भारत: सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाश बहादुर देउवाले भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज समेत रहेका देउवाले बिहीबार राति खटिमा पुगेर मुख्यमन्त्री धामीसँग भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक सहकार्य, सीमा समस्या तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। सीमावर्ती क्षेत्रका समस्यालाई समाधान गर्न संवादलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको स्रोतले जनाएको छ। भेटघाटले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो भेटलाई क्षेत्रीय स्तरमा द्विपक्षीय सम्बन्ध सुधार गर्न पहलका…
एजेन्सी: भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ। पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो। गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ। घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ। उनको टाउकोमा गोली लागेको थियो। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।
धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी निकाला गरेपछि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बैठक बोलाएको छ। अस्तिबाट सुरु भएको बैठक कैलालीको धनगढीमा जारी छ। शुक्रबार सुरु बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए। उनका अनुसार माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ। यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो। बैठकको पहिलो दिन एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए। उता नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका सुदूरपश्चिमकै अछाम घर भएका डाक्टर रावल यतिबेला देश दौडाहामा छन्। कोशी प्रदेशबाट…
काठमाडौं: गएराति बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आर्थिक गतिविधि सहज बनाउन केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। सरकारले निर्माणक्षेत्रका केही अप्ठ्याराहरु हटाउन अध्यादेश ल्याएको जनाएको छ। गएराति नै भूमि र लगानीसम्बन्धी अध्यादेशबारे निर्णय गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए। प्रधानमन्त्री आली कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्यालसहित राष्ट्रपति कार्यालय पुग्नु र राति क्याबिनेट राखिनुलाई राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३ संशोधनका लागि अध्यादेश जारी हुने रुपमा हेरिएको थियो। सरकारले…
धनगढी: कैलालीमा लागूऔषधसहित समातिए नौ जना पक्राउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका–३ बाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। उनलाई ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यस्तै, कैलालीको कैलारी गाउँपालिका–७ कटानी पुलबाट सोही ठाउँका २० वर्षीय अविनाश चौधरी र २० वर्षीय दिनेश चौधरीलाई ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका– पुरानो भन्सार नजिकबाट वडा नम्बर १३ बस्ने ३८ वर्षीय दीपक…
धनगढी: गृहमन्त्री रमेश लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरमा विद्यार्थीबाट सलामी ग्रहण गरेका छन्। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा निजी विद्यालयरूको संगठन एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको ‘खेल महोत्सव’को उद्घाटन समारोहमा अनुपम एजुकेसलन एकेडेमीका विद्यार्थीले मार्चपासक्रममा दिएको सलामी ग्रहण गरेका हुन्। लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्। उनले विद्यार्थीबाट सलामी लिएपछि आलोचना सुरु भएको छ।
कञ्चनपुरः जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुगाएर बेच्छन्। यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन्। दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ। तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन्। चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन्। त्यही भएर उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन्। बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउँछन्। उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने,…