Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ । अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ…

Read More

धनगढी:श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि कैलालीमा अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतकाअनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ । गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन् । ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट गर्न बाँकी छन् ।

Read More

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् । स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै शिशु जन्मिएको स्थानीय कविता धमलाले बताइन् ।

Read More

धनगढीः कैलाली अदालतको एक तथ्यांकले सरकारी अड्डाको अभिलेखिकरण र त्यसको महत्त्व एक संवेदनशीलता कति हुन्छ ? भन्ने देखाएको छ।जसम जिल्ला अदालत कैलालीका ३९० मिसिलमा किरा लागेको पाइएको छ। अदालतका २४ हजार ९ सय ४० मिसिलमध्ये ३९० मिसिल किरा लागेर काम नलाग्ने भएका छन्। पछिल्लो समयको प्रविधि अनुरुप मिसिलको अभिलेखिकरण हुनेपर्ने भएपनी कैलाली अदालतले त्यो गर्न सकेको छैन।अहिलेसम्ममा २४ हजार ५५० मिसिल नयाँ प्रविधि अनुसार सफ्टवेयरमा राखिएको भए पनि बाँकी ३९० मिसिल राख्न नसकिने अवस्थामा रहेको जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए। तर, जिल्ला अदालत कैलालीले हाल भने सर्वोच्च अदालतले समेत हेर्न मिल्ने गरेर मिसिलहरु इन्टरनेटमा सुरक्षित राख्दै आएको जनाएको छ।…

Read More

दोधारा चाँदनी: कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए । “निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौं, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ”, सहायक संरक्षण अधिकृत ऐरले भने, “निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।” वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान…

Read More

धनगढीः अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-१ जैधनकी २५ वर्षीया निर्मला साउँदको मृत्यु भएको हो । साउँदको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनका ३ वर्षका छोरा छन् ।

Read More

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीस्थित बन्द नदीको बगरमा बिहीवार (१८ गते) गाडिएको अवस्थामा एक पुरुषको शव फेला पर्यो । सो शवबारे सोधपुछ गर्दा कृष्णपुर-२ वाणीकै नवदुर्गा टोलका ३५ वर्षीय कुबेर दमाई (हले) को भएको पाइयो । मृतक दमाई १५ गतेदेखि बेपत्ता थिए । उनको परिवारमा खबर गर्दा उनकी दिदी नाता पर्ने सत्या दमाईले उनी कुबेर नै भएको बताइन् । कुबेर घरबाट बेपत्ता रहे पनि प्रहरीलाई भने खबर गरिएको थिएन । उनी घरबाट गएर १/२ दिनपछि फर्किने गर्ने भएकाले तत्काल खोजतलासका लागि प्रहरीमा जानकारी नगराएको उनकी आमा प्रेमजला दमाईले प्रहरीलाई बताइन् । शुक्रवार (१९ गते) ईलाका प्रहरी कार्यालय झलारीले वाणीकै मृतकको…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, कैलाली र कञ्चनपुर भएर बग्ने तथा आसपासका नदीहरुमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाली नदीमा पनि जलस्तर बढ्न सक्ने अनुमान गरिएको छ । वर्षाका कारण ठुला तथा साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Read More

धनगढी: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका पार्टी प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले धनगढी एयरपोर्टमा लफडा गरेका छन्। शाहीले एयरपोर्टको भीआईपी कक्षको विषयलाई लिएर लफडा मच्चाएका हुन्। विमानस्थलको सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सबै कार्यकर्तालाई प्रवेश दिनुपर्ने माग गर्दै शुक्रबार साँझ लफडामात्रै होइन प्रहरीलाई अभद्र व्यवहार समेत गरे। शुक्रबार धनगढीबाट बुद्ध एयरको अन्तिम जहाजमार्फत काठमाडौँ गएका शाहीले आफूसँग गएका सबै कार्यकर्तालाई भीआईपी कक्षमा लैजान खोजेका थिए। सो क्रममा सुरक्षाकर्मीले रोक्दा शाहीले राप्रपालाई मात्र रोक्ने भन्दै विमानस्थलको सुुरक्षामा खटिएका सुुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेका थिए। शुक्रबार साँझ नै रास्वपाका सभापति रवि लामिछाने पनि बुद्ध एयरकै जहाजमा जाने भएका कारण भीआईपी कक्षमा ठाउँ अभाव…

Read More

बैतडी: बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बलदेव विकले बताए । ढुंगा लागेर अर्का एक बालक घाइते भएका छन् । मामाघर आएका सिगास-३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका हुन् । उनको धनगढीमा उपचार भइरहेको छ । शुक्रवार दिउँसो सडक तलतिर बालबालिकाहरु खेलिरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो ।

Read More