Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने तयारी गरेको छ। शनिबार बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको छ। त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको हो।  वडा नम्बर २ को शैलेश्वरी आविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति आविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया आविलाई…

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेतका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको छ। हिजो (आइतबार) साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ताउडा प्रहरी तालिम केन्द्र…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप, जन-स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Read More

कैलाली: साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन्। साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले…

Read More

कञ्चनपुरः  कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ सत्याल फाँटामा नारायणदत्त भट्टको दुई तले टिनले छाएको ईट्टाको घरमा हिजो दिउँसो विद्युतको तार सर्ट हुदा आगलागी भएको हो। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद दुई हजार रुपैयाँ गरेर अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। आज (आइतबार) जिल्लाको गोदावरी नगरपालिका– ३ स्थित चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा २ जना प्रहरी जवान गम्भीर घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तरगत सुपप्र ०१-००२ त ६४१९ नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मोटरसाइकल चालक नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत र मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडा गम्भीर घाइते भएका छन्।…

Read More

काठमाडौँ : एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राख अनुमति दिएको छ । उच्च अदालत पाटनले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो । सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।

Read More

दार्चुला : दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ । आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका–९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गोकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिए । कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको उनले बताए । जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएको फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएको थियो । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निको भएकामा अहिले फेरि कालाजार देखिएको सूचना अधिकारी भट्टले बताए । ती पुरुषलाई थप उपचारका लागि भोलि सोमवारसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भएको उनले जानकारी दिए । कालाजार ुस्यान्ड फ्लाईु नामको भुसुनाको टोकाइका कारण…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रमेश धामी र संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मन्त्री धामीले सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा विकासको लागि आवश्यक सहजीकरण गरिदिन मन्त्री किराँतीलाई ९ बुँदे माग पत्र समेत बुझाएका छन् । मन्त्री किराँतीलाई पेश गरिएको सहजीकरण पत्र अनुसार निजी हवाई कम्पनीहरुले विदेशी पर्यटकहरुको हकमा लगाउँदै आएको भाडा दर घटाउन आग्रह गरिएको छ । विदेशी पर्यटकले नेपालीको तुलनामा चार गुणा बढी भाडा तिर्नु पर्ने अवस्था रहेकोले निजी हवाई कम्पनीको नीतिले सुदूरपश्चिममा विदेशी पर्यटकहरु नआएकाले तत्काल भाडा दर समायोजनका लागि पहल गरिदिन…

Read More